Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

विवादित क्याचमा विवाद, सामसनमाथि कारबाही

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • २ वर्ष अगाडि

नयाँ दिल्ली । राजस्थान रोयल्सका कप्तान सञ्जु सामसनलाई खेल शुल्कको ३० प्रतिशत जरिवाना गरिएको छ । मंगलबार अरुण जेटली स्टेडियममा दिल्ली क्यापिटल्सविरुद्धको खेलमा आईपीएलको आचारसंहिता उल्लङ्घन गरेको भन्दै सामसनलाई यो जरिवाना लगाइएको हो ।

सामसनलाई आचारसंहिताको धारा २.८ अन्तर्गत लेभल १ को अपराधको लागि दोषी पाइयो, जुन अम्पायरको निर्णयबाट असहमतिसँग सम्बन्धित छ। उनले दोषी स्वीकार गर्दै म्याच रेफ्रीको सजाय स्वीकार गरेका छन्।

होपको विवादास्पद क्याच
शाई होपले बाउन्ड्रीमा क्याच लिएपछि राजस्थानका कप्तान सामसन आउट भए । १६औँ ओभरको चौथो बलमा मुकेश कुमारले गुड लेन्थमा बल दिए, सामसनले लङ अनतर्फ सट खेले ।

त्यहाँ होपले क्याच लिए तर यस क्रममा उनको खुट्टा बाउन्ड्री नजिकै देखिन्थ्यो । तेस्रो अम्पायरले रिप्ले हेरे तर क्याचलाई क्लिन मानेर सामसनलाई आउट घोषित गरियो।

क्याच क्लिन घोषित भएपछि सामसनले अम्पायरसँग फिल्डरको खुट्टा बाउन्ड्री छोएको भन्दै बहस गरेको देखियो । तर, अम्पायरले उनलाई आउट करार गरेकाले स्यामसन पभिलियन फर्कनु परेको थियो। उनले ४६ बलमा ८६ रन बनाए ।

घरेलु मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ७ विकेट गुमाएर २२१ रन बनाएको थियो । जवाफमा राजस्थानले २० ओभरमा ८ विकेट गुमाएर २०१ रन मात्रै बनाउन सकेको थियो । खेलमा सञ्जुको विकेट नै निर्णायक बन्यो ।

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
swastimakhadka

लालीबजार, एक मुठ्ठी बादल, मालती मंगलेले कति...

  • २३ घण्टा अगाडि
Hawa-Huri-1-1024x683

कोशीदेखि लुम्बिनीसम्मका जिल्लामा हावाहुरी चल्ने, सतर्कता अपनाउन...

  • २३ घण्टा अगाडि
688964637_1458030362142640_3727397104308169433_n

भदौरीमा मृत्यु दाबी भुक्तानी तथा बिमा सचेतना...

  • २३ घण्टा अगाडि
706256823_1871210357169927_5179291615251167059_n

देवचुलीमा सातदिने निःशुल्क ऊर्जा ध्यान शिविर सम्पन्न

  • २३ घण्टा अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved