Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

गाजामा युद्धविरामका लागि हमासमाथि दबाब बढाउँदै अमेरिका

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • २ वर्ष अगाडि

तेल अभिभ । इजरायल–हमास युद्ध सुरु भएयता अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन ७ पटक मध्यपूर्वको भ्रमणमा गइसकेका छन् । बुधबार मध्यमपूर्वमा आफ्नो ७ औं भ्रमणको अन्तिम दिन ब्लिन्केनले हमासलाई युद्धविराम सम्झौता स्वीकार गर्न भनेका छन् ।

‘हामी जतिसक्दो चाँडो युद्धविराम गर्न प्रतिबद्ध छौं, ताकि सबै इजरायली बन्धकहरू घर फर्कन सकुन् । हमासले यसमा अवरोध सृजना गरिरहेको छ ।’ तेल अभिभमा इजरायली राष्ट्रपति हर्जाेगसँगको भेटघाटका क्रममा ब्लिन्केनले भने ।

‘हामीले प्रस्ताव गरेका छौं, अब यसलाई स्वीकार गर्ने बेला आएको छ’ उनले भनेका छन् ।

के छ प्रस्तावमा ?

इजरायल–हमासबिचको युद्ध रोक्नदेखि प्रस्तावित युद्धविराम सम्झौताको शुरुमै ३३ इजरायली बन्धकहरूलाई रिहा गर्न माग गरिएको अमेरिकी सञ्चार गृह न्यूयोर्क टाइम्सले एक समाचारमा भनेको छ । यसको बदलामा इजरायलले आफ्नो जेलमा कैद रहेका प्यालेस्टिनी बन्दीहरूलाई रिहा गर्नेछ । इजरायलले गाजामा पनि आफ्नो आक्रमण बन्द गर्नेछ ।

हमासका प्रवक्ता ओसामा हमदानले बुधबार राति एक लेबनानी टिभी च्यानललाई दिएको अन्तरवार्तामा आफूले सम्झौता स्वीकार नगर्ने बताएका थिए । तर पछि हमासको प्रेस कार्यालयले विज्ञप्ति जारी गर्दै यस सम्झौताका सम्बन्धमा आफ्नो अडान नकारात्मक भए पनि यसबारे वार्ता गर्न तयार रहेको बताएको थियो ।

सम्झौताका लागि किन चिन्तित छन् बाइडेन ?

हमासका अनुसार युद्धमा अहिलेसम्म ३४ हजार मानिसको मृत्यु भइसकेको छ । केही सातादेखि अमेरिकी विश्वविद्यालयहरूमा युद्धको विरोधमा व्यापक प्रदर्शन भइरहेको छ । गाजा जारी युद्धमा अमेरिकाले आफ्नो मित्र देश इजरायललाई सहयोग नगर्न विद्यार्थीहरूको माग थियो ।

पीबीएस न्युजका अनुसार बाइडेनको इजरायल नीतिले यस वर्षको अन्त्यमा अमेरिकामा हुने राष्ट्रपतीय निर्वाचनलाई असर पार्न सक्नेछ । गाजा मामिलामा उनले युवा मतदाताको मत गुमाउन सक्छन् । यस्तो अवस्थामा बाइडेन कुनै ढिलाइ नगरी युद्धविराम सम्झौता गराउन चाहन्छन् ।

ब्लिन्केन–नेतन्याहुबिच तीन घण्टा लामो भेटवार्ता

मध्यपूर्वको भ्रमणका क्रममा ब्लिन्केनले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग ३ घण्टासम्म भेटघाट गरेका थिए । यस भेटघाटमा दुईबिच गाजा युद्धबारे छलफल भएको थियो । ‘गाजाको रफाह क्षेत्रमा इजरायलको सैन्य कारबाहीलाई अमेरिकाले समर्थन गर्दैन ।

यसमा सर्वसाधारणको ज्यान जोखिममा छ । इजरायलले हामीलाई अहिलेसम्म रफाहमा सैन्य कारबाहीमा सर्वसाधारणको जीवनमा कुनै हानी हुँदैन भन्ने कुनै योजना देखाउन सकेको छैन ।’ अबेर रात सञ्चारकर्मीसँगको कुराकानीमा उनले भने ।

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
y_t4IhGjxkTQ

एमाले केन्द्रीय सदस्यमा इन्ट्री हुँदैछन् यी युवा...

  • २ दिन अगाडि
balen1

बालेनले ल्याए ‘आम नेपाली बुवा’, हेर्नूस ‘झरीपछिको...

  • २ दिन अगाडि
Mugu-1-1024x576

धुनी तापेर पढ्दै विद्यार्थी

  • २ दिन अगाडि
KP-Sharma-Oli-UML-Meeting-1024x682

एमाले केन्द्रीय कमिटी बैठक सुरु

  • ३ दिन अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved