Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

फिल्ममा अनमोलको १० वर्ष, भन्छन्- सिनियरहरुका फिल्मले राम्रो गर्न उत्साह दिएका छन्

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • २ वर्ष अगाडि

काठमाडौं । जेठ १० गतेको मिति अभिनेता अनमोल केसीका लागि अंकको हिसाबले सुखद संयोगजस्तो देखिन्छ । यो वर्ष अनमोलको फिल्मी करिअर १० वर्ष पुगेको छ ।

उक्त मितिमा रिलिज हुने फेन्टासी ड्रामा ‘फर्की फर्की’ उनको दशौं फिल्म हो । यो फिल्मको ट्रेलर सार्वजनिक गर्न बिहीबार आयोजित पत्रकार सम्मेलनमा अनमोल केही उत्साही र सतर्क सुनिए ।

उनलाई प्रश्न सोधियो– करिअरको यो १० वर्षलाई कसरी हेर्नुहुन्छ ?

यसको जवाफ दिंदा अनमोलले आफू अनुग्रहित रहेको भन्दै भावुक सुनिए । ‘म अनुग्रहित छु । सबैभन्दा पहिला त जुन इन्डष्ट्रीमा म हुर्किएँ, जुन इन्डष्ट्रीमा मेरो ड्याड हुनुहुन्थ्यो । त्यही उद्योगलाई प्रतिनिधित्व गरेर अघि बढ्न पाउँदा म खुसी छु,’ उनले भने ।

पछिल्लो समय कबड्डी, छक्कापञ्जा, जारी र महाजात्राको व्यावसायिक सफलताले आफूलाई प्रोत्साहित गरेको उनले बताए । ‘सबैजना सिनियरको फिल्मलाई मलाई एउटा उत्साह पनि दिएको छ कि म पनि राम्रो गरौं,’ अनमोलले भने ।

निकट भविष्यलाई लिएर आफ्नो योजना नरहेको सुनाउँदै अनमोलले अन्य एक्टरजस्तो आफ्नो पाइपलाइनमा १० वटा फिल्म समेत नरहेको बताए । ‘यो फिल्मपछि मेरो कुन फिल्म आउँछ, म आफैंलाई थाहा छैन । यसको रिजल्ट के हुन्छ, म त्यहीअनुसार निर्णय गर्छु,’ उनले भने ।

ट्रेलरमा मेगास्टार लेखिएकोबारे लक्षित प्रश्नमा उनले आफूले सिक्ने क्रम जारी रहेको बताए । ‘न त म आफूलाई मेगास्टार र सुपरस्टार मान्छु, म अझै पनि सिक्दैछु,’ अनमोलले भने, ‘बाँकी तपार्इंहरुले भाइ, साथी भनिदिए पुग्छ । बाँकी म यो ट्यागमा विश्वास गर्दिनँ ।’

माया गरेर भन्दिएमा त्यसलाई स्वीकार्ने उनले बताए । ‘यदि भन्नु हुँदैन भने पनि सायद म दुःखी हुँदिनँ किनभने मेरो नाम गुञ्जिएकोमा म त्यसमै खुसी छु,’ उनले भने ।

आफ्नो ‘फेवरेट’ जनरा लभस्टोरी र फेन्टासीलाई मिश्रण गरेर ‘फर्की फर्की’ निर्माण भएको भन्दै उनले सुरुमै सुन्दाखेरि आफूलाई यसको आइडिया मनपरेको बताए ।

‘फर्की फर्की’मा अनमोलले ‘म्याडी’ भन्ने चरित्र निर्वाह गरेका छन् । ‘म्याडी भगवानजस्तो क्यारेक्टर छ । ऊसँग सुपरपावर छ, मसँग छैन । म्याडीको लाइफमा धेरै केटीहरु छन् । मेरो लाइफमा म्याडीको हिसाबले छैन, फ्यानहरु छन्,’ आफू प्रेम सम्बन्धमा नरहेको संकेत गर्दै उनले भने ।

आफू आफ्नो घरपालुवा कुकुर कोकोसँग निकट रहेको भन्दै अनमोलले चर्चामा रहेजस्तो प्रेम सम्बन्धमा नभएको बताए । प्रेसमिटमा अभिनेत्री जसिता गुरुङले अनमोललाई सुपरस्टार भएको बताइन् ।

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
iran-1

मध्यपूर्वको द्वन्द्व अन्त्यका लागि कूटनीति उपाय अपनाउन...

  • १४ घण्टा अगाडि
InShot_20260228_150120445-scaled

उम्मेदवार पाएर उत्साहित हुप्सेकोट, सय जना कांग्रेसमा...

  • १५ घण्टा अगाडि
namrata_sapkota

नम्रता सापकोटा विवाह बन्धनमा बाँधिएकी हुन् ?

  • ५ दिन अगाडि
congress

सहकारी ठगीविरुद्ध कांग्रेसको ‘शून्य सहनशीलता’ नीति

  • ५ दिन अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved