Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

महाजात्रा हेरेपछि बाबुरामले भने, ‘फिल्मको पुछारको सन्देश बढी घत पर्‍यो’

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • २ वर्ष अगाडि

काठमाडौँ । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले महाजात्रा चलचित्रको पुछारको सन्देश आफूलाई निजी रूपमा बढी घत परेको विषय भएको बताएका छन् । चलचित्र मनोरञ्जन, भावुकता र सामाजिक तथा राजनीतिक सन्देशको उचित संयोजन रहेको उत्कृष्ट प्रस्तुति रहेको उनको भनाई छ ।

‘वैचारिक हिसाबले मानिस र समाजको भ्रष्ट र आपराधिक प्रवृत्तिलाई उपदेशबाट हैन उपयुक्त सङ्घर्षको माध्यमबाट वा “जस्तालाई तस्तै” को तरिकाले मात्र निस्तेज वा रूपान्तरण गर्न सकिन्छ भन्ने फिल्मको पुछारको सन्देश मलाई निजी रूपमा बढी घत परेको विषय हो,’ उनले भने ।

प्रदीप भट्टराई लिखित/निर्देशित चलचित्रमा देशमा उच्च तहमा रहेको भ्रष्टाचार, समाजको अपराधिकरण, बेरोजगारीको दर्दनाक अवस्था, परिवारको विग्रह लगायतका विषयवस्तु वस्तुपरक र कलात्मक ढङ्गले प्रस्तुत गरिएको उनले सुनाए । ‘सत्यनिष्ठामा रहन प्रयत्न गर्नेहरूका निजी र पारिवारिक पीडा निकै मार्मिक ढङ्गले उठाइएका छन्,’ उनले भने, ‘महिला पात्रहरूलाई सधैँ पुरुषहरूको लाचार छायाको रूपमा उभ्याइने फिल्मी परम्परालाई तोड्दै उनीहरूको स्वायत्तता र सत्यनिष्ठामा जोड फिल्मको विशेष सबल पक्ष मान्नुपर्दछ।’

कलाकारहरूको अभिनय कौशल र एकसाथ हाँसो र रुवाइको सहज प्रस्तुति बेजोड रहेको उनले बताए । अघिल्लो खण्डलाई अलि छोट्याउन, प्रहरीको भूमिकालाई बढी संस्थागत गर्न सकेको भए सुनमा सुगन्ध हुने उनको सुझाव छ । ‘आफ्नै देशका यस्ता रचनात्मक चलचित्रहरूलाई आर्थिक रूपले सबल पार्न र प्रोत्साहित गर्न हलमा पुगेर हेर्ने बानी जनस्तरबाट पनि बसाल्ने कि?,’ भट्टराईले भनेका छन् ।

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
pashupati-pakrau

अक्षय तृतीया : देशभरका शिवालयमा भक्तजनको घुइचो

  • ७ घण्टा अगाडि
chalachitra-patrakar-1024x605

चलचित्र पत्रकार संघको अध्यक्षमा पुनः समीर बलामी...

  • ७ घण्टा अगाडि
sudhan-gurung-1

विवादमा तानिएपछि गृहमन्त्री गुरुङको स्पष्टीकरण– अनुसन्धानमा सहयोग...

  • ७ घण्टा अगाडि
petrol_pump_201812040520381680571811

पेट्रोलियम पदार्थको मूल्य बढ्यो, डिजल र मट्टीतेलको...

  • ४ दिन अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved