Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

युवा उद्यमशील जागरण नेपालको रक्तदान कार्यक्रममा कलाकारदेखी सर्वसाधारणले रगत दान गरे

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • २ वर्ष अगाडि

चैत, काठमाडौँ । युवा उद्यमशील जागरण नेपालले आयोजना गरेको बृहत रक्तदान कार्यक्रममा सर्वसाधारण देखी कलाकारहरुले रगत दान गरेका छन् । सोमबार बिहान ८ः३० देखी १२ः३० सम्म बागबजारमा आयोजीत कार्यक्रममा झण्डै ६० जनाले रक्तदान गरेका थिए । जसमा केहि कलाकर्मिहरुको पनि उपस्थिती थियो ।

लोकप्रिय गायक कुमार कार्की, गायिका सिर्जना खत्री (हाउडे माया), कमेडियन राजु भुजेल लगायतको उपस्थिती रहेको थियो । पहिलोपटक रक्तदान गरेकी गायिका सिर्जनाले अबदेखी स्वास्थ्यले साथ दिएसम्म आगामी दिनमा पनि रक्तदान गर्ने बताइन् । साथै उनले आफूले दिएको रगतले कसैको जीवन बच्ने भएकाले अरुलाई पनि रक्तदान गर्न आग्रह गरिन् । यस्तै कमेडियन राजु भुजेलले पहिलोपटक रक्तदान गरे ।

कार्यक्रमका प्रमुख अतिथि काठमाडौं महानगरपालिका वडा नं. २८ का वडा अध्यक्ष भाइराम खड्गीले युवा उद्यमशील जागरण नेपालले गरेको कामको प्रशंसा गरे । साथै उनले आगामी दिनमा पनि वडाबाट गर्ने सहयोग आफूले गर्ने प्रतिबद्धता जनाए । रक्तदान कार्यक्रमका संयोजक तथा सुटमालाका सन्चालक राज कार्कीले आगामी दिनमा पनि यस्तै कार्यक्रम गर्ने बताए । कार्कीले अन्य कार्यक्रम भन्दा पनि रक्तदान कार्यक्रम समय समयमा गर्नुपर्ने बताउँछन् । रक्तदान महादान भएकाले आगामी दिनमा निरन्तरता दिने उनको योजना छ ।

कार्यक्रममा मिडियाकर्मी आयुष पोखरेलसँगै आर्थिक संयोजक नरेन्द्र श्रेष्ठ, युवा व्यवसायी तथा समाजसेवी सागर कार्की, सरन थापा, राज बानिया, कमल कार्की, काजी सुन्दास, दिपक केसी, सतिस परियार, कृष्ण सापकोटा, सलिम खान, पुर्ण नेपाली, विजय सापकोटा, ममता बस्यालको उपस्थिती रहेको थियो । नेपाल रेडक्रस सोसाइटीबाट प्रतिनिधिको रुपमा रोजी श्रेष्ठ, कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी केन्द्रिय सन्चारको निर्देशक पवन गुप्ताको पनि उपस्थिती थियो ।

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
iran-1

मध्यपूर्वको द्वन्द्व अन्त्यका लागि कूटनीति उपाय अपनाउन...

  • १३ घण्टा अगाडि
InShot_20260228_150120445-scaled

उम्मेदवार पाएर उत्साहित हुप्सेकोट, सय जना कांग्रेसमा...

  • १४ घण्टा अगाडि
namrata_sapkota

नम्रता सापकोटा विवाह बन्धनमा बाँधिएकी हुन् ?

  • ५ दिन अगाडि
congress

सहकारी ठगीविरुद्ध कांग्रेसको ‘शून्य सहनशीलता’ नीति

  • ५ दिन अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved