Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

चलचित्र ‘एक्टर’मा प्रदीपसँग दिलीप रायमाझीकी छोरी दिव्याको जोडी

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • २ वर्ष अगाडि

फागुन, काठमाडौँ । अभिनेता प्रदीप खड्काको प्रमुख भूमिकामा अभिनय रहने चलचित्र ‘एक्टर’मा नवअभिनेत्रीका रुपमा दिव्या रायमाझी जोडिएकी छन् । निर्माणपक्ष र दिव्याका तर्फबाट उनका अभिनेता पिता दिलीप रायमाझी र आमा मञ्जु रायमाझीबीच चलचित्रका लागि कागजी संझौता भएको छ ।

निर्माण पक्षका अनुसार दिव्याले भर्चुअल कुराकानीपछि चलचित्रमा काम गर्न सहमति जनाएकी थिइन् । अमेरिकामा अध्ययनरत रहेकी दिव्याले कथावस्तु र आफ्नो भूमिका मन परेपछि दिव्याले यो चलचित्रमा काम गर्न राजी भएको बताएकी छिन् । दिव्या अब यही फिल्मका लागि केही सातापछि नेपाल आउँदैछिन् ।

फिल्ममा नायिका आना शर्मा र नायक राजवल्लभ कोइरालाको पनि मुख्य भूमिका रहनेछ । राजन भुसालको निर्देशन रहने चलचित्रमा थमनकुमार भण्डारीको लगानी छ । अदृत फिल्मसको प्रस्तुतिमा निर्माण हुन लागेको यो चलचित्रको सह–निर्मातामा एनिस भुसाल छन् ।

चलचित्रको छायांकन वैशाख पहिलो साताबाट सुरु हुनेछ । चलचित्रलाई आगामी वर्षको कात्तिक १५ मा रिलिज गर्ने तयारीमा निर्माणपक्ष छ । यो चलचित्रमा नरेन्द्र मैनालीको छायांकन रहनेछ । चलचित्रमा रित बोहरा सहयोगी निर्देशकको रुपमा रहेका छन् ।

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
iran-1

मध्यपूर्वको द्वन्द्व अन्त्यका लागि कूटनीति उपाय अपनाउन...

  • १६ घण्टा अगाडि
InShot_20260228_150120445-scaled

उम्मेदवार पाएर उत्साहित हुप्सेकोट, सय जना कांग्रेसमा...

  • १७ घण्टा अगाडि
namrata_sapkota

नम्रता सापकोटा विवाह बन्धनमा बाँधिएकी हुन् ?

  • ५ दिन अगाडि
congress

सहकारी ठगीविरुद्ध कांग्रेसको ‘शून्य सहनशीलता’ नीति

  • ५ दिन अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved