Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

नेपाली युवाको बलिउड यात्रा

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • २ वर्ष अगाडि

कैयौं युवाहरुका लागि अमेरिका सपनाको देश हो । त्यहाँ पुग्नकै लागि ठूलो रकम खर्चिनेहरुको संख्या बढिरहेको छ । अमेरिकालाई नै आफ्नो सपना र भविष्य बनाउँदै विदेसिनेको लर्को बढेकाे छ । तर, त्यो भिडमा फरक देखिन्छन् सुवास रसाली । उनी अमेरिकालाई गुडबाई गरेर फर्किदिए ।

‘म जे मा खुसी हुन्छु, त्यो काम गर्छु ।’ हालै काठमाडाैंमा भेटिएका सुवासले भने, ‘मलाई स्कुलदेखी नै डान्स र आर्टमा रुची थियो ।’ सुवास कलाकारितामा यसरी डुबे कि उनले बाँकी सबै कुरा भुलिदिए । कलाकारितामा उनी सौर्य नामले चिनिन्छन् । नेपालदेखी बलिउडसम्मको उनको यात्रा रोचक र संघर्षपूर्ण छ । त्यो सुन्नु अघि उनको अमेरिका यात्राको प्रसंग सुनौं ।

नवलपरासिको अरुणखोलामा जन्मिएका सुवासले अरुणखोला इंगलिस बोर्डिङ स्कुलबाट एसएलसी उतिर्ण गरे । उनले लैनचौरको निस्ट नेश्नल स्कुल अफ साइन्सेजबाट आईएस्सी पूरा गरे । त्यसपछि उच्च शिक्षा अध्ययनका लागि सुवास सन् २००६ मा अमेरिका उडे । उनले भर्जिनिया इन्टरनेश्नल युनिभर्सिटिबाट बिबिए अध्ययन गरे । काम गर्दै, आफ्नो अध्ययनलाई पनि अगाडी बढाए ।

त्यसको चार वर्षपछि बिचमा घुम्नका लागि अमेरिकाबाट भारत फर्के । त्यही समयमा मुम्बईस्थित किशोर नमितको कपुर एक्टिङमा ६ महिनाको विशेष डिप्लोमा कोर्षमा भर्ना भए । बरुन धवन र अर्जुन कपुर उनका सिनियर थिए । अतुर माथुर जस्ता नामी व्यक्तिले उनलाई पढाए । नायिका शिबाङ्गिनि राणा पनि उनकी सहपाठि हुन् । दैनिक बिहान ९ बजेदेखी साँझ ७ बजेसम्म क्लास हुन्थ्यो । सैद्धान्तिक र प्रयोगात्मक कक्षा लिएपछि उनको बुझाईको दायरा अझ फराकिलो भयो । जब त्यो कोर्ष पूरा गरे तब उनलाई बल्ल महशुस भयो, म त कलाकार रहेछु भन्ने कुरा गहिरो तवरले महशुष गरे ।

एक्टिङ कोर्षपछि सुवासले दुई वटा विज्ञापन खेले । बैंक र फर्निचरको विज्ञापनमा खेलेपनि उनलाई अनुभव मिल्यो ।

सिक्नका लागि सुवास कहिल्यै पछि हटेनन् । सन् २०११ मा उनी फेरी अमेरिका उडे । वासिङटन डिसीस्थित द थियटर ल्याबमा फेरी ६ महिने कोर्ष गरे । त्यहाँ बस्दा उनले महशुस गरे– जीवन जिउने आफ्ना लागि हो । समय छोटो छ । कुन बेला के हुन्छ, थाह हुन्न । त्यसैले फटाफट काम गर्नुपर्छ ।

अध्ययनसँगै सुवासले एउटा डायमण्ड पसलमा सेल्स म्यानेजरका रुपमा काम गर्थे । उनले त्यसमा ८ वर्ष काम गरे । कमाई राम्रै थियो, आफ्नै गाडी, फ्ल्याट् थियो । उनले आनन्दको जीवन व्यतित गरिरहेका थिए । तैपनि सन् २००६ देखी २०१६ सम्म निरन्तर कमर्थलो बनाएको अमेरिकालाई बाईबाई गर्दै उनी मुम्बई फर्किए ।

‘कम्फर्ट जोनमा बस्नु हुन्न लाग्यो ।’ सुवासले हल्का अंग्रेजी मिश्रित लवजमा भने, ‘मैले संसार छोडर जाँदा अमेरिकन सेवा, सुविधा, पैसा केही पनि लाने होइन ।’ उनलाई कलाकारितामै राम्रै गर्न सक्छु भन्ने विश्वास जाग्यो । आखिर नृत्य र अभिनय उनको नशा नशामा बगिरहेको थियो । चलचित्रको त उनी सानैदेखी प्रशंसक थिए नै ।

बलिउडसम्म सुवासको यात्रा

सुवासले केही सिरियल र चलचित्रमा अभिनय गरेका छन् । केही विज्ञापनमा काम गर्ने मौका पाएका छन् । कलर्स टिभीबाट प्रशारण भएको मेरी आसिकी तुम्सेही, बिग म्याजिक च्यानलबाट प्रशारण भएको टेडी मेढि फ्यामिली, २४ सिजन २, र कुछ रंग प्यार के ऐसे भि, य है मोहब्बतें मा अभिनय गरेका छन् । यस्तै दिल तो बच्च है जी, निर्जा, ओमानिया जस्ता चलचित्रमा उनले अभिनय गरेका छन् ।

सुवास अभिनित ओमानिया चलचित्रको छायांकन भइसकेको छ । प्रदर्शन हुन भने बाँकी छ । चन्द्रकान्त सिंहले निर्देशन गरेको यस चलचित्रमा स्वेता तिवारी, अस्मित पटेल, रश्मी देसाई र सोफिया हायातले अभिनय गरेका छन् । कन्फेसन–इट्स कम्पिलकेटेड नामक वेव सिरिज पनि अभिनय गरेका छन् । एक तर्फा एस्क नामक एक सर्ट मुभीमा पनि अभिनय गरेका छन् । आधा दर्जन भन्दा बढी विज्ञापनमा काम गर्ने मौका पाएका छन् ।

बलिउडसम्मको यात्रा गर्दा सुवासले अनेक दुःख संघर्ष गरेका छन् । गोविन्दालाई घरमै पुगेर भेटेका छन् । उनले गोविन्दाबाट प्रेरणा र सल्लाह लिएका छन् । झन् गोविन्दाले ‘म कलाकारितामा प्रवेश गर्दा तिमी जस्तै देखिन्थें’ भनेपछि त मख्खै परे ।

चर्चित कलाकार अजय देवगनस“ग पनि सुवासले काम गर्ने मौका पाए । ‘दिल तो वच्चा हे जी’ चलचित्रमा सँगै काम गर्ने मौका पाएका छन् ।

‘आफ्नो पहिचान कस्तो बनाउन चाहनु हुन्छ ?’सुवासलाई सोधियो ।

‘एकदमै राम्रो कलाकार बन्न चाहन्छु ।’ उनले थपे, ‘एक असल मानिस बन्न चाहन्छु ।’

कलाकार बनेर जीवनयापन गर्न मुस्किल छ । त्यसैले उनी आर्थिक रुपमा बलियो बन्नका लागि व्यापार गर्न चाहन्छन् । कलाकारितालाई मुख्य पेशा अपनाएपनि त्यो संगै सुवास व्यापार पनि अगाडी बढाउन चाहन्छन् । उनको पुख्र्यौली पेशा ज्वेलरी पेशा हो । त्यसलाई उनी चटक्कै छोड्न सक्दैनन् ।

घुमफिरमा रुची

सुवास घुम्न एकदम रुचाउँछन् । हरियाली, शान्त वातावरण, एकान्त उनलाई खुब मन पर्छ । फुर्सदमा जब उनी समुन्द्री किनारमा घुम्न पुग्छन्, निकै आनन्दित महशुस हुन्छ । नेपालमा सगरमाथा आधारशिविर र मुस्ताङ पुग्ने उनको धोको छ ।

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
iran-1

मध्यपूर्वको द्वन्द्व अन्त्यका लागि कूटनीति उपाय अपनाउन...

  • १५ घण्टा अगाडि
InShot_20260228_150120445-scaled

उम्मेदवार पाएर उत्साहित हुप्सेकोट, सय जना कांग्रेसमा...

  • १६ घण्टा अगाडि
namrata_sapkota

नम्रता सापकोटा विवाह बन्धनमा बाँधिएकी हुन् ?

  • ५ दिन अगाडि
congress

सहकारी ठगीविरुद्ध कांग्रेसको ‘शून्य सहनशीलता’ नीति

  • ५ दिन अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved