Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

राष्ट्रपति पौडेलद्वारा ‘नातिकाजी राष्ट्रिय स्रष्टा सम्मान तथा पुरस्कार’ प्रदान

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • २ वर्ष अगाडि

काठमाडौँ । ‘नातिकाजी राष्ट्रिय स्रष्टा सम्मान तथा पुरस्कार–२०८०’ प्रदान गरिएको छ । सोमबार नातिकाजी स्मृति समाजले राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित एक समारोहबिच राष्ट्रपति रामचन्द्र पौडेलले सम्मान तथा पुरस्कार प्रदान गरेका हुन् । वरिष्ठ संगीतकर्मी नातिकाजीको ९९औँ जन्म जयन्तीको अवसर पारेर केही दिनअघि सम्मान तथा पुरस्कार घोषणा भएको थियो ।

कार्यक्रममा यो वर्षको ‘नातिकाजी राष्ट्रिय विशिष्ट संगीत सम्मान’ गीत रचनातर्फ आनन्द अधिकारी, वाद्यवादनतर्फ केशव सुनाम, गीत रचनातर्फ भूषण खरेल, गीत रचनातर्फ सुनिल थापा, परम्परागत संगीतर्फ धर्म मुनिकार, गायनतर्फ सुदेश शर्मा, वाद्यवादनतर्फ कुमार सिंह, वाद्यवादनतर्फ सुवर्ण लिम्बु, गीत रचनातर्फ राम भट्टराई तथा गीत रचनातर्फ वसन्त वित्यासी थापाले प्राप्त गरे । त्यस्तै ‘नातिकाजी राष्ट्रिय संगीत पुरस्कार’ गीतकार विजय शिवाकोटी, गायक शिशिर योगी, गायिका बानिका प्रधान तथा संगीतकार राजनराज शिवाकोटीले प्राप्त गरे ।

कार्यक्रममा ‘नातिकाजी राष्ट्रिय प्रतिभा पुरस्कार’ गायक सञ्जय तुम्रोक, गायिका रचना रिमाल, संगीतकार शशि विक्रम थापा तथा गीत रेकर्डिष्ट प्रकाश मिश्रले प्राप्त गरे । सोही अवसमा ‘नातिकाजी राष्ट्रिय लोक संगीत पुरस्कार’ लोक गायक अमृत खातीलाई दिइयो भने ‘नातिकाजी राष्ट्रिय कला पत्रकारिता पुरस्कार’पत्रकारद्वय कृष्ण भट्टराई तथा शान्तिप्रियले प्राप्त गरे ।

कार्यक्रममा राष्ट्रपति पौडेलले नेपाली समाजको विविधलाई गीतसंगीतले एक ढिक्का बनाउने काम गरेको बताए । विविध जाती, उनीहरुको भाषा, गीतसंगीतको एकतानै नेपाली संगीतको राष्ट्रिय स्वरुप भएको उनको भनाई थियो । ‘सृजना राष्ट्रका सम्पदा हुन् । संस्कृति राष्ट्रका पहिचान हुन् । कलाकार राष्ट्रका अमूल्य निधि हुन् । उनीहरु सृजना र संस्कृतिका संम्वाहक हुन्’, पौडेलले भने ‘कलाकारको साधनाबाट गीत सृजनाले राष्ट्रको पहिचान स्थापित गर्ने गर्छ ।’ उनले नेपाली मौलिक गीतसंगीतको जग पुस्ताको रुपमा नातिकाजी श्रेष्ठ अग्रणी रहेको सुनाए । पौडेलले नेपाली गीतसंगीतको क्षेत्रमा नाटिकाजीको योगदान अतुलनीय समेत रहेको बताए ।

वरिष्ठ गीतकार आनन्द अधिकारीले नातिकाजी प्रतिष्ठानबाट सम्मानित हुन पाउँदा आफूलाई निकै खुसी लागेको बताउँदै उनको योगदानको चर्चा गरे । उनले सङ्गीतकर्मीको जहाँ सम्मान हुन्छ त्यहाँ सरस्वतीको बास हुने धारणा राखे ।

नातिकाजी स्मृति समाजका अध्यक्ष वरिष्ठ संगीतकार शम्भूजीत बास्कोटाले नातिकाजीको मात्र नभएर स्वर्गीय सम्पूर्ण स्रष्टाको नामबाट पनि पुरस्कार स्थापना गर्नु बताए । ‘हामीले व्यक्तिगत पहलबाट नातिकाजी पुरस्कार वितरण गर्दै आएका छौ’ बास्कोटाले भने ‘हामीले गुमाएका तमाम स्रष्टाको नामबाट पनि राज्यले पुरस्कार तथा सम्मान स्थापना गर्नुपर्छ ।’ स्वर्गीय स्रष्टाबाट पुरस्कार स्थापना गरेर प्रदान गर्न सकेमात्र ती संस्थाको वास्तविक सम्मान हुने बास्कोटाको धारणा रहेको थियो ।

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
iran-1

मध्यपूर्वको द्वन्द्व अन्त्यका लागि कूटनीति उपाय अपनाउन...

  • २ दिन अगाडि
InShot_20260228_150120445-scaled

उम्मेदवार पाएर उत्साहित हुप्सेकोट, सय जना कांग्रेसमा...

  • ३ दिन अगाडि
namrata_sapkota

नम्रता सापकोटा विवाह बन्धनमा बाँधिएकी हुन् ?

  • ७ दिन अगाडि
congress

सहकारी ठगीविरुद्ध कांग्रेसको ‘शून्य सहनशीलता’ नीति

  • ७ दिन अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved