Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

ननुहाएको भन्दै श्रीमतीले श्रीमानविरुद्ध मुद्दा हालेपछि…

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • २ वर्ष अगाडि

अंकारा । टर्कीमा एक महिलाले आफ्नै श्रीमानविरुद्ध मुद्दा हालेकी छिन् ।

नियमित रुपमा ननुहाएको, जीउबाट पसिना ह्वास्स गन्हाएको र दाँत पनि हप्तामा एक दुई पटक मात्रै माझ्ने गरेको भन्दै ती महिलाले मुद्दा हालेकी थिइन् । ती महिलाको पहिचान टर्कीस सञ्चार माध्यमहरुले ए. वाई. भनेर दिएको छ । व्यक्तिगत सरसफाइ फिटिक्कै नगरेको भन्दै महिलाले पतिसँग सम्बन्ध विच्छेदको माग गरेकी थिइन् ।

पीडितको पतिले पाँच दिनसम्म पनि लुगा नफेर्ने, कयौँ दिनसम्म एउटै लुगा लगाइ रहने, विरलै नुहाउने अनि शरीरबाट जतिबेला पनि पसिनाको दुर्गन्ध आउने गरेको वादीको वकिलले अंकारास्थित १९ औँ पारिवारिक अदालतमा भनेकी थिइन् ।

यी दाबीहरु पुष्टि गर्न अदालतमा साक्षीका रुपमा प्रतिवादीका केही परिचित र उनका केही सहकर्मीलाई उपस्थित गराइएको थियो । सबै साक्षीले प्रतिवादीको व्यक्तिगत सरसफाइमा कमीलाई पुष्टि गर्ने बयान दिएका थिए । अदालतले महिलाको पारपाचुकेको अनुरोधलाई स्वीकार गरेको छ भने श्रीमानलाई ५ लाख टर्कीस लिरा (करिब २२ लाख नेपाली रुपैयाँ) क्षतिपूर्ति पनि तिर्न आदेश दिएको छ ।

श्रीमान् श्रीमती जो भएपनि एक साथ जीवनयापनका जिम्मेवारी निर्वाह गर्नु पर्ने ए. वाई.का वकिल सेनेम यिलमेजलले भनिन् । व्यक्तिगत सरसफाइमा ध्यानै नदिने एकको बानीका कारण सँगै जीवनयापन दुष्कर बन्दै जान्छ भने अर्को पक्षसँग सम्बन्ध विच्छेद गर्ने अधिकार भएको उनको भनाई थियो ।

टर्कीको मुलुकी ऐनमा सम्बन्ध विच्छेदका कारणहरुलाई विशेष र सामान्य भनेर दुई श्रेणीमा विभाजित गरिएको छ । यो मामिलामा क्षेत्रीय अदालतको न्यायाधीशले पीडितको श्रीमानको व्यवहारलाई सम्बन्ध विच्छेदको वैधानिक कारणको रुपमा मान्यता दिएको थियो । हालै भएको पछिल्लो फैसलामा पुनरावेदन अदालतले क्षेत्रीय अदालतको निर्णयलाई कायम राखेको छ ।

पीडितको पति सी. वाई. ले ७ देखि १० दिनमा एक पटक नुहाउने गरेको अदालतमा बुझाइएको दस्ताबेजले देखाएको थियो । उनले हप्तामा एक वा दुई पटक मात्रै दाँत माझ्थे । जसका कारण उनी नजिकमा आउँदा सास पनि ह्वास्स गन्हाउँथ्यो । केही समकक्षीहरुले सी. वाई.को शरीरबाट आउने दुर्गन्धका कारण उनीसँग काम गर्नु यातना जस्तै हुने बताएका थिए । केही वर्ष अघि भारतमा एक पुरुषले दिनहुँ ननुहाएको भन्दै आफ्नो श्रीमतीसँग सम्बन्ध विच्छेदको मागेका थिए ।

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
keki_adhikari1

‘झिंगेदाउ २’ को सेटमा जन्मदिन मनाउँदै केकी...

  • १२ घण्टा अगाडि
UML555555555555

यी हुन् एमालेमा विजयी पदाधिकारी, कसले कति...

  • १२ घण्टा अगाडि
y_t4IhGjxkTQ

एमाले केन्द्रीय सदस्यमा इन्ट्री हुँदैछन् यी युवा...

  • ४ दिन अगाडि
balen1

बालेनले ल्याए ‘आम नेपाली बुवा’, हेर्नूस ‘झरीपछिको...

  • ४ दिन अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved