Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

अभिनयबाट ब्रेक लिँदै प्रभास

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • २ वर्ष अगाडि

मुम्बई । अभिनेता प्रभासको दक्षिण भारतमा मात्र नभएर सिङ्गो बलिउडमा दबदबा चल्छ । ‘बाहुबली २’को सफलताको ६ वर्षपछि प्रभासले सन् २०२३ मा ब्लकबस्टर फिल्म ‘सालार’ दर्शकलाई दिए । अब भने दर्शकले उनको फिल्म हेर्न केही समय पर्खनुपर्नेछ । किनकि उनी अब केही समयका लागि अभिनयबाट ब्रेक लिँदै छन् ।

प्रभासले ‘सालार’को सफलतापछि केही समयका लागि अभिनयबाट ब्रेक लिने निर्णय लिएका हुन् । अर्को फिल्म ‘कल्की २८९८ एडी’ अघि प्रभासले यो निर्णय किन लिए भन्ने कारण पनि छ । प्रभासले ‘माइण्ड फ्रेस’ र स्वास्थ्यका कारण अभिनयबाट ब्रेक लिएका हुन् ।

प्रभास ‘सालार’बाट प्राप्त प्रतिक्रियाबाट खुसी छन् । ६ वर्षपछि प्राप्त सफलताले पनि प्रभासलाई खुसी दिएको हो । उनी आफ्नो करियरमा अझ बढी केन्द्रित हुन र आन्तरिक शक्ति बढाउन ब्रेक लिन लागेका हुन् । उनी अब नयाँ तरिकाबाट करियरलाई अगाडि बढाउन चाहन्छन् ।

त्यसो त प्रभास लामो समय ब्रेक लिने मुडमा छैनन् । उनी केवल एक महिनामात्र अभिनयबाट अलग्गिँदै छन् । उनी मार्चमा आफ्नो आगामी प्रोजेक्टको काम सुरु गर्ने मनस्थितिमा छन् । उनी आफ्नो सर्जरीका लागि युरोप जाने तयारीमा छन् । उनलाई केही समयअघि चोट लागेको थियो, त्यो चोट पूर्ण रूपले ठिक हुन सकेको छैन ।

प्रभासको लाइनअपमा ९ मार्च २०२४ मा रिलिज हुने फिल्म ‘कल्की २८९८ एडी’ छ । जसमा दीपिका पादुकोण, कमल हासन, अमिताभ बच्चन र दिशा पाटनीको अभिनय छ । यसबाहेक ‘स्पिरिट’ र ‘द राजा साहब’ पनि पाइपलाइनमा छन् ।

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
iran-1

मध्यपूर्वको द्वन्द्व अन्त्यका लागि कूटनीति उपाय अपनाउन...

  • २ दिन अगाडि
InShot_20260228_150120445-scaled

उम्मेदवार पाएर उत्साहित हुप्सेकोट, सय जना कांग्रेसमा...

  • २ दिन अगाडि
namrata_sapkota

नम्रता सापकोटा विवाह बन्धनमा बाँधिएकी हुन् ?

  • ७ दिन अगाडि
congress

सहकारी ठगीविरुद्ध कांग्रेसको ‘शून्य सहनशीलता’ नीति

  • ७ दिन अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved