Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

गायिका रचना रिमाल चढेको गाडी दुर्घटनामा

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • २ वर्ष अगाडि

माघ, काठमाडौँ । रचना रिमाल चढेको गाडी दुर्घटनामा परेको छ । नेपालगन्जबाट दाङ लमहीको महोत्सवमा जाँदै गर्दा बाँकेको सिक्टा नजिकै विपरित दिशाबाट आईरहेको ट्रकले रचना सवार स्कोरपियोलाई ठक्कर दिँदा दुर्घटना भएको हो ।

बेलुका ५ बजे बा प्र ०३.०१ ख २११८ नम्बरको ट्रकले स्कारपियोलाइ ठक्कर दिएको थियो । दुर्घटनाबाट भने मानविय क्षति भएको छैन । गायिका रचना रिमाल सकुशल रहेकी छिन् । उनीसँगै सवार शिबु खनाल लगायतका साथीलाई भने घुँडामा समान्य चोट लागेको बताइएको छ । दुर्घटनापछि गायिका रिमाललाई सकुशल अर्को गाडीमा कार्यक्रमतर्फ पठाईएको छ ।

यसैबिच गायिका रिमालले आफ्नो फेसबुक मार्फत पनि आफ्ना दर्शकलाई जानकारी गराएकी छिन् । उनले लेखेकी छिन्, ‘आज नेपालगन्ज विमानस्थलबाट दाङ लमही महोत्सवमा जाँदै गर्दा हामि सवार गाडिलाई विपरित दिशाबाट आईरहेको ट्रकले ठक्कर दियो। गाडिमा केहि क्षति पुगेको छ । यात्रुहरु हामि सबै सकुशल छौँ। साथै आज लमहि महोत्सवमा हुने भनिएको मेरो साङ्गितिक प्रस्तुति भोलि रहने सबैमा जानकारि गराउँदछु। आज उपस्थित हुन नसकेकोमा क्षमा चाहन्छु ।’

रचनालाई धेरैले स्वास्थ्य लाभको कामना गरिरहेका छन् भने कतिपयले ट्रकलाई कारबाही हुनुपर्छ भन्दै लेखिरहेका छन् । रचनाले दुर्घटना हुनुभन्दा ५ घण्टा अघि संखुवासभा र ४ घण्टा अघि मात्रै धन्यवाद राजजढ झापा भन्दै फेसबुकमा कार्यक्रमका केहि तस्बिर हालेकी थिइन् । रचनाका फोटो फिरिममा, भन साईला, उनको प्रिती, फुलको माला, छोटो जिवन, यो झरिमा, एकचिम्टी सिन्दुर लगायतका गीत हिट छन् ।

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
khall

घरेलु मैदानमा मेक्सिकोको शान, ४० वर्षपछि नकआउट...

  • ४ हप्ता अगाडि
asar 15

लोक सञ्चारकर्मी नेपालको रोपाइँ दिवस : राजु...

  • ४ हप्ता अगाडि
GOAL-Multiple-Images-2-Split-Facebook-2025-12-08T221814.543.jpg-1024x576

आइभरी कोस्टलाई पराजित गर्दै नर्वे अन्तिम १६...

  • ४ हप्ता अगाडि
director-speaking-1024x768

काठमाडौँमा चिनियाँ चलचित्र महोत्सव : ‘तियानतान अवार्ड...

  • १ महिना अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved