Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

होर्डिङ बोर्डको विज्ञापनमा विदेशी कलाकारको प्रयोग रोक्नुपर्छ : भुवन केसी

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • २ वर्ष अगाडि

काठमाडौँ । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले होर्डिङ बोर्डमा राखिने विज्ञापनमा विदेशी कलाकारको तस्बिर प्रयोगमा रोक लगाउनुपर्ने बताएका छन् । विदेशी कलाकारले नेपाल भ्रमणका समयमा सहरका होर्डिङ बोर्ड हेरेर नेपाल आफ्नै देशको भू–भाग हो भन्ने अभिव्यक्ति दिने गरेको उनको गुनासो थियो ।

सोमबार नेपाल विज्ञापन बोर्डले आयोजना रहेको ‘विज्ञापनमा कलाकारको भूमिका’ विषयको अन्तरक्रिया कार्यक्रममा बोल्ने क्रममा केसीले कलाकारले समाजमा नकारात्मक सन्देश जाने विज्ञापनमा अभिनय गर्न नहुने बताए ।

‘कलाकारले विज्ञापनमा अभिनय गर्दा कस्तो गर्ने कस्तो नगर्ने भन्ने कुरोमा सजग हुन जरुरी छ’, केसीले थपे, ‘पैसाका लागि जुन पायो त्यो विज्ञापनमा अभिनय गर्नु हुँदैन ।’ गलत सन्देश फैल्याउने विज्ञापनमा पैसा पाएपनि कलाकारले अभिनय गर्न नहुने बताएका केसीले समाजमा सही सन्देश दिने विज्ञापनमा भने निःशुल्क अभिनय गर्नुपर्ने धारणा राखे ।

कार्यक्रममा चलचित्र कलाकार सङ्घका अध्यक्ष मोहन निरौलाले नेपालमा प्रयोग हुने विज्ञापनमा विदेशीभन्दा स्वदेशी कलाकारको प्रयोग हुनुपर्नेमा जोड दिए ।

विज्ञापन बोर्डका कार्यकारी अध्यक्ष लक्ष्मण हुमागाईँले नेपालमा निर्माण भएको विज्ञापनका केही खराब पक्षको बारेमा जानकारी दिए । उनले एक किसिमको विज्ञापन निर्माण गर्दा अर्को किसिमको गलत सन्देश जाने गरेको उदाहरण पेश गर्दै त्योबाट जोगिनुपर्ने धारणा राखे ।

फिल्म निर्देशक दीपाश्री निरौला, अभिनेत्री गौरी मल्ल, अभिनेता कृष्ण मल्ल, कलाकार सङ्घका पूर्व अध्यक्ष रवीन्द्र खड्का, चलचित्र निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुली, चलचित्र पत्रकार सङ्घका अध्यक्ष सवीर बलामी, अभिनेता धिरेन शाक्य, वरिष्ठ कलाकार मदनदास श्रेष्ठ, अभिनेत्री खुस्बु खड्का, पवित्रा आचार्य, गोपाल ढकाल, डिबी बम्जन लगायत थुप्रै कलाकर्मीको कार्यक्रममा उपस्थिति रहेको थियो ।

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
iran-1

मध्यपूर्वको द्वन्द्व अन्त्यका लागि कूटनीति उपाय अपनाउन...

  • १४ घण्टा अगाडि
InShot_20260228_150120445-scaled

उम्मेदवार पाएर उत्साहित हुप्सेकोट, सय जना कांग्रेसमा...

  • १५ घण्टा अगाडि
namrata_sapkota

नम्रता सापकोटा विवाह बन्धनमा बाँधिएकी हुन् ?

  • ५ दिन अगाडि
congress

सहकारी ठगीविरुद्ध कांग्रेसको ‘शून्य सहनशीलता’ नीति

  • ५ दिन अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved