नबराज अधिकारी
नवलपुर । राष्ट्रिय बाणिज्य बैँक टाँगीकाेट शाखाले कृषक तथा उध्धमीलाई सम्मान गरि ५९ औँ बार्षीक उत्सब सम्पन्न गरेकाे छ ।


टाँगीकाेट शाखाका शाखा प्रबन्धक यादब शर्मा पाैडेलकाे अध्यक्षतामा सँचालीत कार्यक्रममा “कृषि उध्धमी” शिर्षक मा मितेरी कृषि फर्म अनुसन्धान तथा सेवा केन्द्र का सँस्थापक प्रदिपराज घिमिरेलाई सम्मानित गरियाे । त्यस्तै “युवा ब्यावसायी ” शिर्षकमा जय शुभ लक्ष्मी सुनचाँदी पसलका प्राेपाईटर सुरज सुनारलाई सम्मानित गरियाे । बैँक सँग लामाे समय देखि राम्रो काराेबार गर्नेमा कृष्णराज मल्ल र काजिमान श्रेष्ठलाई सम्मान गरिएकाे छ । भने लामाे समयदेखी लाेन शाखामा कार्यरत कर्मचारी हिमाल बिक्रम दर्जी उत्कृष्ट कर्मचारीकाे रूपमा सम्मानीत भएका छन ।





कार्यक्रममा बाेल्दै पाैडेलले सरकारी बैंक मा काम गर्न ढिला सुस्ती हुन्छ भन्ने जनतामा परेकाे नकारात्मक छापलाई हटाउँदै आधुनिक रूपबाट जनताकाे चित्त बुझ्ने गरि छिट्टाे सेवा प्रदान हुँदै आएकाे बताए । २०८० असारमा सरूवा भई टाँगीकाेट शाखामा जिम्मेवारी लीएर आएका पाैडेलले छाेट्टाे समयमा जनतालाई ४३ कराेड लाेन प्रबाह गरिसकेकाे र ४५ कराेड डिपाेजिट समेत भईसकेकाे कुरा अनलाइन सेरोफेरो सँगकाे कुराकानी मा बताए । कार्यक्रम लाई शाखाकाे सहायक प्रबन्धक प्रभा धितालले सहजिकरण गरेकि थिईन ।
२०२२ माघ १० गतेबाट सँचालनमा रहेकाे राष्ट्रिय बाणिज्य बैँक ले हाल २८६ वटा शाखाबाट जनतालाई सेवा प्रदान गर्दै आईरहेकाे छ ।








