Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

डेब्युबारे नीति शाह : ‘चाहना त अनमोल र प्रदीपसँग थियो, भाग्यमा रेयर राई लेखेको रहेछ’

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • २ वर्ष अगाडि

काठमाडौं । अभिनेत्रीको रुपमा सम्भवतः पहिलो पत्रकार सम्मेलन थियो नीति शाहको । ‘र्‍यापिड फायर’जस्ता फिल्मी प्रश्नमा उनी केही असहज पनि देखिइन् । फिल्म मात्र होइन, नीति मिडियासँगको दोहोरो संवादमा निकै कम मात्र सवालजवाफ गर्छिन् ।

सन्दर्भ थियो– फिल्म ‘खजुरे ब्रो’को । फिल्मबारे जानकारी दिन सोमबार आयोजना गरिएको पत्रकार सम्मेलन नीति प्रेरित रह्यो । उनीसामु फिल्म प्रस्तावदेखि करिअरसम्मका प्रश्न तेर्सिए ।

डेब्यु फिल्ममा नीति शीर्ष भूमिकामा छिन् । डेब्यु गर्ने मामिलामा नीतिलाई निकै सकस भइरहेको थियो । यसबारे पत्रकारले सोधेको प्रश्नमा उनले भनिन्, ‘चाहना त अनमोल र प्रदीपसँगै डेब्यु गर्ने थियो । तर भाग्य रेयरसँग रहेछ ।’

यो फिल्ममा नीति र रेयर राईसहित महेश त्रिपाठी, नवीन मानन्धर, प्रकाश भुजेल र विनिता थापाको पनि अभिनय हुनेछ । पहिलोपटक कमेडी फिल्ममा काम गर्न लागेको भन्दै महेशले खुसी व्यक्त गरे । सुरज सुनुवारले निर्देशन गर्ने फिल्मको छायांकन काठमाडौं, धरान र दार्जिलिङमा गरिने जनाइएको छ ।

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
pashupati-pakrau

अक्षय तृतीया : देशभरका शिवालयमा भक्तजनको घुइचो

  • १ दिन अगाडि
chalachitra-patrakar-1024x605

चलचित्र पत्रकार संघको अध्यक्षमा पुनः समीर बलामी...

  • १ दिन अगाडि
sudhan-gurung-1

विवादमा तानिएपछि गृहमन्त्री गुरुङको स्पष्टीकरण– अनुसन्धानमा सहयोग...

  • १ दिन अगाडि
petrol_pump_201812040520381680571811

पेट्रोलियम पदार्थको मूल्य बढ्यो, डिजल र मट्टीतेलको...

  • ५ दिन अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved