Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

अमेरिका बन्यो विश्वकै ठूलो फिल्म बजार, युनिभर्सल ठूलो स्टुडियो

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • २ वर्ष अगाडि

काठमाडौं । सन् २०२३ मा विश्व फिल्मको बक्स अफिसको नतिजाले केही नयाँ तथ्य प्रकाशमा ल्याएको छ । जसअनुसार अमेरिका पुनः विश्वकै ठूलो फिल्म बजार बनेको छ भने युनिभर्सल स्टुडियो विश्वकै ठूलो फिल्म स्टुडियो ।

बितेको वर्ष अमेरिकी फिल्म बजारको आकार ९ बिलियन डलर पुगेको कमस्कोरले उल्लेख गरेको छ । यद्यपि, अमेरिकी फिल्म उद्योगको समग्र आम्दानी कोभिड महामारीअघिकै तहमा अझै आउन सकेको छैन ।

सन् २०१९ अघि अमेरिकी फिल्म बजार ११ बिलियन डलर थियो । कमस्कोरका अनुसार सन् २०२३ को अमेरिकी घरेलु बक्स अफिस ९.०३ बिलियनदेखि ९.०५ बिलियन डलर पुगेको छ । यो तथ्यांक सन् २०११ को भन्दा २१ प्रतिशतले कम रहेको उल्लेख छ । २०११ मा बक्स अफिस आकार ११.४ बिलियन डलर थियो ।

सन् २०२३ मा चिनियाँ बक्स अफिसको आकार ७.७३ बिलियन डलर पुगेको भेराइटी म्यागजिनले उल्लेख गरेको छ । बितेको वर्ष चिनियाँ फिल्मको आम्दानीमा आक्रामक वृद्धि देखिएको उल्लेख छ । तर कोभिडको समयमा अमेरिकालाई उछिन्दै चीनको बक्स अफिस आकार शीर्षस्थानमा थियो ।

चाइना फिल्म एड्मिनिस्ट्रेसनको तथ्यांकअनुसार अघिल्लो वर्षभन्दा चिनियाँ बक्स अफिसमा ८३ प्रतिशतको सुधार भएको छ । अहिले पनि सन् २०१९ भन्दा १४.५ प्रतिशतले कमी छ । बितेको वर्ष हलिउड फिल्म ‘फास्ट एक्स’ चीनमा १३९ मिलियन डलर कमाउँदै सर्वाधिक कमाउने विदेशी फिल्म बनेको छ ।

युनिभर्सल पिक्चर्स सबैभन्दा ठूलो स्टुडियो

मारियो, ओपेनहाइमर र मेगनजस्ता फिल्मको भव्य कमाइको मद्दतमा युनिभर्सल पिक्सर्च सन् २०२३ मा विश्वकै ठूलो फिल्म स्टुडियो बनेको छ । यी तीन फिल्मबाट मात्र स्टुडियोले विश्वभर ४.९०७ बिलियन डलर कमायो । स्टुडियोले बितेको वर्ष कुल २४ फिल्म रिलिज गर्‍यो ।

सन् २०१५ पछि युनिभर्सल विश्व फिल्मको शीर्षस्थानमा आएको हो । त्यसपछि डिज्नीको दबदबा देखियो । सन् २०२३ मा भने मार्केट सेयरको आधारमा डिज्नी दोस्रो स्थानमा खुम्चिएको छ ।

बितेको वर्ष गार्जियन्स अफ द ग्यालेक्सी भोल्युम ३, इण्डियाना जोन्स एण्ड डायल अफ द डेस्टिनी, द लिटल मर्मेडसहितका १७ फिल्मबाट डिज्नीले विश्वव्यापी ४.८२७ बिलियन डलर कमायो ।

विश्वमा धेरै कमाउने उत्कृष्ट तीनको सूचीमा यसपटक डिज्नी देखिएन । बार्बी (१.०४ बिलियन), सुपर मारियो ब्रोस (१.३ बिलियन) र ओपेनहाइमर (९५० मिलियन) कमाइ रह्यो । डिज्नी विश्व फिल्मको शक्तिकेन्द्र रहनेछ तर सन् २०२३ मा यसका फिल्मले दर्शकको आशा पूरा गर्न सकेनन् ।

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
sunil-thapa

रहेनन् वरिष्ठ अभिनेता सुनिल थापा, ६८ वर्षको...

  • ३३ मिनेट अगाडि
nirbachan (3)

प्रतिनिधिसभा निर्वाचनमा आयोगले ९ प्रकारका सामग्री पठाउने

  • ४३ मिनेट अगाडि
nepali-cricket-mumbai

बलियो इंग्ल्यान्डविरुद्ध पहिलो खेल खेल्दै नेपाल

  • ४७ मिनेट अगाडि
sena-1 (1)

नवलपुरमा ११ वटा निर्वाचन स्थललाई अति संवेदनशील

  • ५२ मिनेट अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved