Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

परराष्ट्र मन्त्री साउदले गरे ‘दृष्यमा खप्तड-२’ सार्वजनिक

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • २ वर्ष अगाडि

काठमाडौं – खप्तडमा छायांकन गरिएका तीन गीत सार्वजनिक भएका छन्। परराष्ट्र मन्त्री एनपी साउदले पर्यटन बोर्डमा आयोजित एक कार्यक्रमबाट उक्त गीतहरु सार्वजनिक गरेका हुन्।

उक्त कार्यक्रममा प्रमुख अतिथि रहेका साउदले सुदूरपश्चिमको पर्यटन प्रबर्द्धनका लागि सिर्जनशील शैली अपनाएको बताए। उनले यसले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा पर्यटन प्रबर्द्धनका लागि सघाउ पुग्ने उल्लेख गरे।

‘दृष्यमा खप्तड, शृंखला – २’ मा तीनटा गीतको म्युजिक भिडियो छन् । शिव परियार र नीता आचार्यको स्वरमा रहेको ‘जिन्दगी त सँगै जिउने हो’ सीडी विजय अधिकारी र नीता आचार्यको स्वरमा रहेको ‘गरिदेऊ बिदा’, यसैगरी सीडी विजय अधिकारी र अस्मिता अधिकारीको स्वरमा रहेको ‘मन्द मन्द’ सार्वजनिक गरिएका हुन्।

‘जिन्दगी त सँगै जिउने हो’ को शब्द र संगीत नै दिपक शर्माको रहेको छ। यसैगरी ‘गरिदेऊ बिदा’मा शब्द सागर बास्तोलाको रहेको छ भने संगीत ऋषी खड्काले गरेका हुन् भने ‘मन्द मन्द’मा शब्द पद्म लिखामगरको रहेको छ भने संगीत राजकुमार बगरको रहेको छ।
तीनवटै गीतमा पुरुष मोडलका रुपमा अभिनय सनम कठायतले गरेका छन् । यसैगरी महिला मोडलका रुपमा स्मारिका ढकाल र सोफिया धरेलले गरेका छन्। म्युजिक भिडियोको निर्देशन जनक सिंहले गरेका हुन् भने सिनेमाटोग्राफी दिपक गिरी एन्ड टिमको रहेको छ। भिडियोको सम्पादन भने विकास दाहाल र अमृत चापागाईंले गरेका हुन्।

सुदूरपश्चिमको अन्य पर्यटकीय क्षेत्रलाई पनि क्रमश: यसैगरी देखाउँदै जानेगरी ‘दृष्यमा सुदूरपश्चिम’ अभियान घोषणा गरिएको छ। डकुमेन्ट्री, म्युजिक भिडियो, फिल्मलगायतका माध्यमबाट सुदूरपश्चिमको पर्यटन प्रबर्द्धन गरिने उक्त अभियानको नेतृत्व गरिरहेका सनम कठायत र डिबी खड्काले बताएका छन्। कार्यक्रममा कठायतले, ‘हामीले दृष्यमा खप्तड ‘पाइल प्रोजेक्ट’का रुपमा अघि सारेका थियौं । सफल भएको छ। अब यसलाई दृष्यमा सुदूरपश्चिम अभियानका रुपमा अघि बढाउनेछौं।’ अभियानको अग्रभागमा रहेको एभरेस्ट ग्यालरी टिममा कठायत र खड्काका साथै निर्देशक जनक सिंह र सिनेमाटोग्राफर दिपक गिरी रहेका छन्।

कार्यक्रममा पूर्व पर्यटन मन्त्री तथा संघीय सांसद प्रेम आले, सुदूरपश्चिम प्रदेश सदस्य शिवसिंह ओली, पूर्व संविधानसभा अध्यक्ष भरत खड्का, बडिमालिका नगरपालिका प्रमुख अमर खड्का, वरिष्ठ देउडा गायक नन्दकृष्ण जोशी, कांग्रेसका युवा नेता भुपेन्द्रजङ्ग शाही, उद्योग वाणिज्य महासंघ कैलालीका उपाध्यक्ष पुष्कर ओझालगायतले उक्त अभियानलाई शुभकामना दिँदै आफूले सकेको सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।
भिडियो लिंकहरु

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
iran-1

मध्यपूर्वको द्वन्द्व अन्त्यका लागि कूटनीति उपाय अपनाउन...

  • १६ घण्टा अगाडि
InShot_20260228_150120445-scaled

उम्मेदवार पाएर उत्साहित हुप्सेकोट, सय जना कांग्रेसमा...

  • १७ घण्टा अगाडि
namrata_sapkota

नम्रता सापकोटा विवाह बन्धनमा बाँधिएकी हुन् ?

  • ५ दिन अगाडि
congress

सहकारी ठगीविरुद्ध कांग्रेसको ‘शून्य सहनशीलता’ नीति

  • ५ दिन अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved