Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

दर्शकको अपेक्षालाई सम्मान गर्छुः गायिका अमृता श्रीपाल

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • २ वर्ष अगाडि

पुस, काठमाडौँ ।
गायिका अमृता श्रीपालले आफूबाट दर्शकले गर्ने अपेक्षालाई सधैं सम्मान गर्ने बताएकी छिन् । उनले आफूले प्रत्येक पटक सार्वजनिक गर्ने गीतसँगै दर्शकले अन्य गीत यस्तो होस् भन्ने अपेक्षा राख्ने गरेको र ति अपेक्षालाई सधैं आत्मसाथ गर्ने उनको धारणा छ । साथै उनले आफूले पाउने अवार्डले आफूलाई थप जिम्मेवारी बनाउने बताउँछिन् । नेपाली लोक तथा दोहोरी गीतको क्षेत्रमा सक्रिए अमृताले गीत गाउँदै जाने क्रममा बिभिन्न संघसंस्थाले अवार्ड प्रदान गर्ने र त्यस्ता किसिमका अवार्डले आफूलाई थप सजग गराउने बताउँछिन् । उनी भन्छिन्, अवार्ड पाएर खुसी मात्र लाग्दैन, भोलीको दिनमा अझ राम्रो गर्नुपर्छ भन्ने जिम्मेवारी थपिएको महसुस हुन्छ ।

गायिका अमृता श्रीपाललाई केहिदिन अघि सम्पन्न साँस्कृतिक राष्ट्रिय म्युजिक अवार्ड २०८० मा जुरी तर्फको अवार्ड प्रदान गरियो । अमृताले उत्कृष्ट लोक तथा दोहोरी गीत गायिका बिधाको अवार्ड प्राप्त गरिन् । यहि पुस ८ (२४ डिसेम्बर)मा चलचित्र बिकास बोर्डको सभाहलमा सम्पन्न अवार्ड समारोहमा अमृताले मदानिमा नेती बोलको गीतबाट उक्त अवार्ड हात पारेकी हुन् ।

अवार्ड समारोहमा प्रमुख अतिथी राष्ट्रिय सभाका संघिय संसद अध्यक्ष गणेश तिमल्सिना रहेका थिए । गायिका अमृताले अवार्ड प्राप्त गरिसकेपछि आयोजक टिम र जुरी टिमलाई धन्यवाद ब्यक्त गरिन् । साथै उनले गीतमा मन पराउने सम्पुर्ण दर्शक तथा स्रोतालाई सम्झिइन् । बिशेषगरी गीतलाई सफल बनाइदिने दर्शक तथा स्रोतालाई सम्झिन चाहान्छु । साथै अवार्डको जुरी टिमलाई बिशेष धन्यवाद । अमृताले अनलाइन सेरोफेरोसँग कुरागर्दै भनिन् । यसरी पाउने अवार्डले भोलीको दिनमा अझ राम्रो राम्रो गीत ल्याउन हौसला पनि मिल्छ ।

अमृताले यसअघि तीन वटा अवार्ड प्राप्त गरिसकेकी छिन् । उनले बि.स. २०७५ सालमा आयोजीत छाँयाछवि तीज म्युजिक अवार्डमा सवोत्कृष्ट तीज दोहोरी नब गायिकाबाट अवार्ड पाएकी थिइन् भने सोहि बर्षको सातौं म्युजिक खबर म्युजिक अवार्डमा सर्वोत्कृष्ट इनकरेजमेन्ट अवार्ड हात पारेकी थिइन् । यस्तै हिमालयन इन्टरनेशनल नेपाली म्युजिक अवार्ड २०१९ मा नवगायिका तर्फको सर्वात्कृष्ट लोक तथा दोहोरी गायिकाबाट अवार्ड हात पारेकी थिइन् । यस्तै उनले सन् २०१९ मा आयोजीत निम्स अवार्डबाट कला सम्मान पनि पाएकी थिइन् ।

अमृताका गैरी गाउँको मेला, दशैं तिहार मनाउन, खैनीले, चिलगाडी, स्यानी, मदानीमा नेती लगायतका गीत सार्वजनिक छन् । अमृता देश तथा बिदेशका सांगितीक कार्यक्रममा प्रस्तुती दिन पुगिरहेकी हुन्छिन् । पछिल्लो समय तेस्रो पटक कतारमा प्रस्तुती दिएर फकिएकी थिइन् । उनले गएको नोभेम्बरमा नुवाकोट सेवा समाज कतारको आयोजना सम्पन्न नुवाकोट साँस्कृतिक साँझ २०२३ मा प्रस्तुती दिन पुगेकी थिइन् ।

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
iran-1

मध्यपूर्वको द्वन्द्व अन्त्यका लागि कूटनीति उपाय अपनाउन...

  • २ दिन अगाडि
InShot_20260228_150120445-scaled

उम्मेदवार पाएर उत्साहित हुप्सेकोट, सय जना कांग्रेसमा...

  • २ दिन अगाडि
namrata_sapkota

नम्रता सापकोटा विवाह बन्धनमा बाँधिएकी हुन् ?

  • ६ दिन अगाडि
congress

सहकारी ठगीविरुद्ध कांग्रेसको ‘शून्य सहनशीलता’ नीति

  • ६ दिन अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved