Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

५८ वर्ष पुगे बलिउडका भाइजान, भान्जी आयतसँग मनाए जन्मदिन

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • २ वर्ष अगाडि

काठमाडौं । बलिउड सुपरस्टार सलमान खानले बुधबार ५८ औं जन्मदिन मनाइरहेका छन् । भान्जी आयतसँग गएराति उनले आफ्नो जन्मदिन सेलिब्रेट गरे । सलमानले परिवारसँग जन्मदिन मनाएका भिडियो र तस्वीर सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् ।

भिडियोमा सलमान र उनकी भान्जी आयतले केक काटिरहेको देखिन्छ । आयत बुवा आयुष शर्माको काखमा देखिएकी छिन् । केक काटेपछि सलमानकी बहिनी अर्पिताले पहिले छोरी आयत र त्यसपछि सलमानलाई केक खुवाइन् । भिडियोमा सलमानका भाइ अरबाज, युलिया वन्तुर र हेलेन पनि देखिएका छन् ।

३५ वर्षदेखि फिल्ममा सक्रिय रहे पनि सलमानका लागि सन् २०२३ सुखद रहेन । यो वर्ष उनका दुई फिल्म रिलिज भए पनि दुवैले खासै कमाइ गर्न सकेनन् । यस वर्ष सलमानका फिल्ममा ४२५ करोड भारुको बाजी लगाइएको थियो । यी फिल्मले ६४८.४४ करोड भारु कलेक्सन गर्न सके ।

पछिल्लो १० वर्षको सलमानको करिअरलाई हेर्दा ४ वटा सेमी हिट, ४ औसत, ३ ब्लकबस्टर, १ अलटाइम ब्लकबस्टर र २ फ्लप फिल्म छन् । सलमानको कुल सम्पत्ति २ हजार ९१२ करोड भारु छ । सबैभन्दा धेरै पारिश्रमिक लिने कलाकारको सूचीमा सलमानको नाम तेस्रो नम्बरमा छ ।

कट्रिना कैफ, सोनाक्षी सिन्हा, ज्याकलिन फर्नान्डिज, डेजी शाह र जरिन खान जस्ता कलाकारलाई बलिउडमा ब्रेक दिने श्रेय सलमानलाई दिइन्छ । यही कारणले उनलाई बलिउडको भाइजान भनिन्छ । यो स्थान हासिल गर्न उनले निकै मिहिनेत गरे । अभिनेता बन्न नचाहेका उनी निर्देशक बन्न चाहन्थे ।

करिअरको शीर्ष स्थानमा रहँदा पनि विवादबाट मुक्त भएनन् । उक्त समय सलमान र परिवारका लागि कठिन थियो । उनी प्रायः विवाहको विषयमा पनि प्रश्नको घेरामा हुन्छन् ।

उनको आगामी फिल्म ‘द बुल’ करण जोहरको प्रोडक्सन हाउसको ब्यानरमा बन्ने भएको छ । यस फिल्मलाई विष्णु वर्धनले निर्देशन गर्नेछन् । सलमान र करणले दोस्रोपटक काम गर्न लागेका हुन् । यसअघि सलमान आफ्नो फिल्म ‘कुछ कुछ होता है’मा केमियो भूमिकामा देखिएका थिए ।

पिंकभिलाको रिपोर्टका अनुसार सलमान ‘द बुल’मा अर्धसैनिक अफिसरको भूमिकामा देखिनेछन् । यसका लागि उनले तयारी पनि सुरु गरिसकेका छन् । फिल्ममा उनको विशेष लुक छ, जसको लागि उनले तौल घटाउनुपर्नेछ । यसका लागि उनले काम पनि सुरु गरिसकेका छन् ।

फिल्मको पहिलो सेड्युलको छायांकन नोभेम्बरको अन्त्यबाट सुरु भई डिसेम्बरको आधासम्म चलेको छ । यसपछि सलमानले केही समय ब्रेक लिएका छन् । यसपछि उनीहरु जनवरी १० पछि दोस्रो चरणको छायांकनमा उनी फर्किनेछन् । यसपछि उनी सिद्धार्थ आनन्दको फिल्म ‘टाइगर भर्सेस पठान’मा देखिनेछन्, जसमा उनले शाहरुख खानसँग स्क्रिन सेयर गर्नेछन् ।

उनको आगामी प्रोजेक्टमा ‘किक २’ र ‘दबंग ४’ को नाम पनि समावेश छ । निर्देशक सुरज बडजात्याको पारिवारिक मनोरञ्जनात्मक फिल्ममा पनि सलमान देखिनेछन् ।

आजभन्दा ठीक ५७ वर्षअघि २७ डिसेम्बरमा हिन्दी फिल्मका चर्चित लेखक सलिम खानको घरमा छोराको जन्म भएको थियो । त्यो छोराको नाम अब्दुल राशिद सलीम सलमान खान थियो, जसलाई आज संसारले सलमान खान भनेर चिन्छ ।

मध्यप्रदेशको इन्दौरमा जन्मेका सलमानले आफ्नो प्रारम्भिक अध्ययन ग्वालियरबाट गरेका थिए । त्यसपछि उनको परिवार मुम्बई सर्‍यो । सलमानले आफ्नो थप पढाइ मुम्बईको बान्द्रास्थित सेन्ट स्टानिस्लस हाईस्कुलबाट पूरा गरे ।

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
sunil-thapa

रहेनन् वरिष्ठ अभिनेता सुनिल थापा, ६८ वर्षको...

  • ५ दिन अगाडि
nirbachan (3)

प्रतिनिधिसभा निर्वाचनमा आयोगले ९ प्रकारका सामग्री पठाउने

  • ५ दिन अगाडि
nepali-cricket-mumbai

बलियो इंग्ल्यान्डविरुद्ध पहिलो खेल खेल्दै नेपाल

  • ५ दिन अगाडि
sena-1 (1)

नवलपुरमा ११ वटा निर्वाचन स्थललाई अति संवेदनशील

  • ५ दिन अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved