Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

राईनो संरक्षण गोल्डकपको छैटौं संस्करण माघ २७ गते देखि

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • २ वर्ष अगाडि

कावासोती । मोफसलको प्रतिष्ठित फुटबल प्रतियोगिता राईनो संरक्षण गोल्डकप फुटबल प्रतियोगिताको छैटौं संस्करण यहि माघ २७ गते बाट हुने सुरु हुने भएको छ ।

नवलपुरको मध्यविन्दु-२ कोल्हुवामा रहेको राईनो रंगशालामा माघ २७ देखि फागुन ९ गते सम्म राईनो क्लबको आयोजनामा प्रतियोगिता सन्चालन हुने शनिबार आयोजना गरिएको पत्रकार सम्मेलनमा जानकारी गराईएको हो ।

प्रतियोगितामा विभागीय टिम प्रदेश स्तरको टिम सहित गरी १२ टिमको सहभागिता रहने आयोजकले जनाएको छ । प्रतियोगितामा प्रथम हुनेले १० लाख र द्वितीय हुनेले ५ लाख रुपैयाँ पुरस्कार पाउने छन् ।

विश्वकै दुर्लभ १ सिंगे गैडा संरक्षणका लागि भन्दै विगत २० बर्षदेखि राइनो संरक्षण कप फुटबल प्रतियोगिता आउँदै गरेकोमा पछिल्लो समय सोही नाममा राष्ट्रिय स्तरका प्रतियोगिता आयोजना सुरु गरिएको हो ।

पत्रकार सम्मेलनमा आफ्ना भनाई राख्दै राष्ट्रिय खेलकुद परिषद् गण्डकीका सदस्य सचिव श्रीधर शर्माले लामो इतिहास र विरासत बोकेको राइनो संरक्षण गोल्डकप फुटबल प्रतियोगिता सञ्चालन हुनु गर्वको कुरा भएको बताउँदै प्रतियोगिताका लागि खेलकुद परिषद्को सहयोग रहने बताए ।

मध्यबिन्दु नगरपालिकाका नगरप्रमुख भिमलाल अधिकारीले एक सिङ्गे गैंडा संरक्षणमा प्रतियोगिताले महत्त्वपूर्ण सन्देश दिने बताउदै प्रतियोगिता मध्यविन्दु नगरपालिका र सिङ्गो नवलपुरको गौरवको विषय रहेकाले प्रतियोगिता सम्पन्न गर्न मध्यविन्दु नगरपालिकाको साथ र सहयोग रहने बताएका छ्न ।

७० लाख लागत लाग्ने प्रतियोगिता सम्पन्न गर्न नन्द भाउजू उपभोक्ता समिति, मध्यविन्दु नगरपालिका, चितवन राष्ट्रिय निकुञ्ज, डब्लुडब्लु एफ, एन्फा, प्रदेश तथा संघ सरकारको सहयोग रहने पत्रकार सम्मेलनमा राईनो क्लबका अध्यक्ष दोमनबहादुर भण्डारीले बताए ।

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
y_t4IhGjxkTQ

एमाले केन्द्रीय सदस्यमा इन्ट्री हुँदैछन् यी युवा...

  • १ दिन अगाडि
balen1

बालेनले ल्याए ‘आम नेपाली बुवा’, हेर्नूस ‘झरीपछिको...

  • १ दिन अगाडि
Mugu-1-1024x576

धुनी तापेर पढ्दै विद्यार्थी

  • १ दिन अगाडि
KP-Sharma-Oli-UML-Meeting-1024x682

एमाले केन्द्रीय कमिटी बैठक सुरु

  • २ दिन अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved