Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

रश्मिका मन्दनाको डिपफेक भिडियो प्रकरणमा ४ जनासँग सोधपुछ

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • २ वर्ष अगाडि

नयाँ दिल्ली । भारतीय अभिनेत्री रश्मिका मन्दनाको नक्कली भिडियो मामिलामा दिल्ली प्रहरीले ४ जनासँग सोधपुछ गरेको छ । केही समय अघि अभिनेत्रीको डिफफेक भिडियो इन्टरनेटमा भाइरल भएको थियो । यस मामिलामा दिल्ली प्रहरीले कारवाही अगाडि बढाएको छ । यस क्रममा ४ जना संदिग्धसँग सोधपुछ गरिएको छ । यीमध्ये ३ जनाको जानकारी फेसबुकको मातृ कम्पनी मेटासँग लिइएको बताइएको छ ।

जानकारीका अनुसार डिपफेक भिडियो भर्चुअल प्राइभेट नेटवर्क (भीपीएन) प्रयोग गरेर अपलोड गरिएको थियो । यस मामिलामा दिल्ली प्रहरीले लगातार छानबिन गरिरहेको छ । मुख्य षड्यन्त्रकारीको खोजी भइरहेको छ । सोधपुछ गरिएका चारै जना भिडियो क्रियटर नभएर अपलोड गर्ने व्यक्ति भएको बताइएको छ । प्रहरीले मुख्य षडयन्त्रकारीको खोजी गरिरहेको छ ।

तीन जनाको पत्ता मेटाले दिएको डिटेलका आधारमा लगाइएको थियो । एक जनाको पहिचान चाँहि लेटरल लिंकको आधारमा खुलेको बताइएको छ । आरोपीहरुले आफ्नो खाताबाट डिटेल हटाइदिएकोले छानबिनमा केही समय अवरोध आएको थियो । यही वर्ष नोभेम्बरमा रश्मिकाको एउटा मफ्र्ड भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो । भिडियो क्लिपमा रश्मिका जस्तै देखिने एक युवति लिफ्टभित्र गइरहेको देखाइएको थियो ।

तर भिडियोलाई नियालेर हेर्दा नै यो डिपफेक हो भन्ने थाहा हुन्थ्यो । माइक्रोब्लगिङ वेबसाइट एक्सको एउटा पोष्टमा अमिताभ बच्चनले यस घटनामा कारवाहीको माग गरेपछि सबैको ध्यान यस मामिलामा गएको थियो । पछि नानी, विजय देवरकोन्डा, नागा चैतन्य र मृणाल ठाकुर जस्ता चर्चित हस्तीहरुले पनि भाइरल भिडियोप्रति चिन्ता व्यक्त गरेका थिए । रश्मिका पछि काजल, कट्रिना कैफ र आलिया भट्टको समेत डिपफेक भिडियो र तस्वीर भाइरल बनेका थिए ।

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
iran-1

मध्यपूर्वको द्वन्द्व अन्त्यका लागि कूटनीति उपाय अपनाउन...

  • १७ घण्टा अगाडि
InShot_20260228_150120445-scaled

उम्मेदवार पाएर उत्साहित हुप्सेकोट, सय जना कांग्रेसमा...

  • १७ घण्टा अगाडि
namrata_sapkota

नम्रता सापकोटा विवाह बन्धनमा बाँधिएकी हुन् ?

  • ५ दिन अगाडि
congress

सहकारी ठगीविरुद्ध कांग्रेसको ‘शून्य सहनशीलता’ नीति

  • ५ दिन अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved