२९ मंसिर, काठमाडौं । नेपालको एक मात्र फ्रेन्चाइज फुटबल नेपाल सुपर लिग (एनएसएल) ले आज एउटा कोशेढुंगा पूरा गर्दैछ । अहिले राजधानीमा दोस्रो संस्करणको एनएसएल चलिरहेको छ । त्यसमा ललितपुर सिटी एफसी र झापा एफसीबीच आज हुने खेल एनएसएलको ५०औं खेल हुनेछ ।
२०७८ सालमा भएको पहिलो संस्करणमा कूल २५ खेल भएको थियो । त्यसमा ७ टोली मात्र सहभागी थिए । यस पटक सहभागी संख्या बढेर ९ पुगेको छ र लिग चरणको खेल चलिरहेको छ ।
ललितपुर र झापाबीचको खेल यस सिजनको २५औं खेल हुनेछ भने समग्रमा ५०औं खेल हुनेछ ।
ललितपुर पहिलो संस्करणमा तेस्रो भएको थियो । झापा एफसी दोस्रो संस्करणमा थपिएको तीन नयाँ टोली मध्ये एक हो ।
