Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

भारतको सर्वोच्च अदालतद्वारा जम्मू कश्मीरबाट धारा ३७० हटाउने निर्णय वैध ठहर

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • २ वर्ष अगाडि

नयाँ दिल्ली । भारतको सर्वोच्च अदालतका प्रधानन्यायाधीश न्यायमूर्ति डीवाई चन्द्रचूडको नेतृत्वमा रहेको पाँच सदस्यीय इजलासले सर्वसम्मति फैसला गर्दै जम्मू कश्मीरको विशेष दर्जा खारेज गर्ने निर्णयलाई वैध ठहर गरेको छ।

अदालतले जम्मू कश्मीरमा अर्को वर्ष सेप्टेम्बरसम्ममा चुनाव गराउने कदम चाल्न पनि निर्देशन दिएको हो। अदालतले

जम्मू कश्मीरलाई जतिसक्दो चाँडो पूर्ण राज्यको दर्जा बहाल गरिनुपर्ने अदालतले बताएको छ । फैसला सुनाउँदै सर्वोच्च अदालतका प्रधानन्यायाधीश चन्द्रचुडले भने, ‘राष्ट्रपति शासनमा राज्यले लिएको केन्द्रको निर्णयलाई चुनौती दिन मिल्दैन । अनुच्छेद ३७० युद्धको मामलामा एक अन्तरिम प्रावधान थियो । यसको पाठ हेर्दा पनि यो अस्थायी प्रावधान थियो भन्ने स्पष्ट हुन्छ।’

प्रधानन्यायाधीश चन्द्रचुडले भने, ‘सर्वोच्च अदालतले संविधानको धारा ३७० र लद्दाखलाई छुट्टै केन्द्र शासित प्रदेश बनाउने निर्णयलाई खारेज गर्ने आदेश जारी गर्ने राष्ट्रपतिको शक्तिलाई वैध मान्दछ।’

मोदी सरकारले राष्ट्रपति शासनकालको दौरान जम्मू कश्मीरमा अनुच्छेद ३७० हटाएको थियो । प्रधानन्यायाधीश चन्द्रचुडले भारतसँग विलय भएपछि जम्मू कश्मीरलाई आन्तरिक सार्वभौमसत्ताको अधिकार नरहेको बताए ।

सन् २०१९ मा केन्द्रको बीजेपी सरकारले अनुच्छेद ३७० खारेज गर्‍यो र जम्मू कश्मीरलाई दुई केन्द्र शासित प्रदेशहरूमा विभाजन गर्‍यो। उक्त निर्णयको संवैधानिक वैधतालाई सर्वोच्च अदालतमा चुनौती दिइएको थियो ।

सर्वोच्च अदालतको संवैधानिक इजलासमा प्रधानन्यायाधीश चन्द्रचुडका अलावा न्यायाधीश सञ्जय किशन कौल, बीआर गवई र सूर्यकान्त रहेका थिए।

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
Kutumba-1766038151

कुटुम्बको ‘लाइभ म्युजिक’ कन्सर्ट काठमाडौंमा

  • १ दिन अगाडि
rabi-lamichhane-baa

रवि लामिछाने आज कारागार मुक्त हुने

  • १ दिन अगाडि
601953632_10225313283097485_3191257905718857191_n-edited-1536x1152

एमाले नेता अधिकारीद्वारा सक्रिय राजनीतिबाट बिदा लिएको...

  • १ दिन अगाडि
keki_adhikari1

‘झिंगेदाउ २’ को सेटमा जन्मदिन मनाउँदै केकी...

  • २ दिन अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved