नवलपुर । नबराज अधिकारी


कलाकार मुकुन्द थापा काे ५६ औँ जन्मउत्सब नवलपुरकाे हाेटल हातेमालाेमा मनाईएकाे छ ।



लामाे समय देखी चलचित्रमा खलनायक पात्रमा देखीँदै आएका कलाकार थापा अचेल टेलीचलचित्र मा पनि देखिन थालेका छन । पछिल्लो समय उनी अभिनित टेलीश्रीङ्खला “भाबीकाे लेखान्त ” दर्शकहरूकाे राेजाईकाे श्रीङ्खला बनेकाे छ। गाउँले परिबेश र समाजकाे यथार्थता चित्रण गर्ने यश श्रीङ्खला नेपालका विभिन्न भु-भागहरूमा छायांकन हुँदै आईरहेकाे छ र केही त्यस्ता विशेष सिनका लागि टिम काठमाडौं देखी दाङ हीडेकाे छ ।

आज जन्म दिन भएकाले थापाका पुराना साथि नारायण काफ्ले ले नवलपुर मा राेकेर एक कार्यक्रम आयाेजना गरेका थिए । कार्यक्रममा बाेल्दै थापाले नवलपुर आउन पाउँदा धेरै खुशी लागेकाे बताए ।

“भाबिकाे लेखान्त ” टेलीश्रीङ्खला मा लेखान्त भुषालकाे परिकल्पना ,कुन्जन भट्टराई काे कथा र सुरेन्द्र थापाकाे निर्देशन रहेकाे छ ।








