Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

बंगलामुखीमा ‘फर्की फर्की’को मुहूर्त, अनमोल भन्छन्- मेरो करिअरको नयाँ यात्रा

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • २ वर्ष अगाडि

काठमाडौं । अभिनेता अनमोल केसी र अभिनेत्री जसिता गुरुङको मुख्य भूमिका रहने फिल्म ‘फर्की फर्की’ शुभसाइत गरिएको छ । ललितपुरको बंगलामुखी मन्दिरमा शुक्रबार बिहान मुहूर्त गरियो ।

समारोहमा कलाकार, निर्माता, निर्देशक र प्राविधिकले पूजा गरेका थिए । फिल्मका प्रोडक्शन हेड शंकर पाण्डेले क्ल्याप हान्दै शुभसाइत भएको घोषणा गरे ।

छायांकन मंसिर ११ गतेदेखि पोखरामा सुरु हुनेछ । यो फिल्मलाई आउँदो बर्षको जेठ ११ गते रिलिज गर्ने घोषणा निर्माताले गरिसकेका छन् । यो फिल्मलाई रोहित अधिकारी र ओम अग्रवालले मिलेर निर्माण गर्दैछन् ।

सुयोग गुरुङको निर्देशन रहनेछ । मनोज वली र रामु न्यौपाने सह-निर्माताको रुपमा छन् । यस्तै, फिल्मका कार्यकारी निर्माता अनीरुद्र गिरी छन् । फिल्ममा अनमोल र जसितासहित कृष्ण मल्ल, निर्मल शर्मा, विन्दा खतिवडा, अशिक गुरुङ, माओत्से गुरुङ, रुस्का वैद्य श्रेष्ठ, अर्नव घिमिरे र प्रेम पाण्डेको मुख्य भूमिका रहनेछ ।

रवि काफ्ले र समृद्धि अर्यालले डेब्यु गर्दैछन् । नरेन्द्र मैनालीको छायांकन, अष्ट महर्जनको एक्सन, सुयोग गुरुङको पटकथा, रोमन बज्राचार्य, नरेन लिम्बु र अनमोल गुरुङको संगीत, किरण थापाको नृत्य, निमेष श्रेष्ठको सम्पादन हुने जनाइएको छ ।

निर्माण नियन्त्रकमा शंकर पाण्डे छन् । काफिया फिल्मस्, कुवेर फिल्मस् र एमएसएम इन्टरटेन्मेन्टले वितरणको जिम्मा लिएको छ । उक्त अवसरमा मिडियासँग कुरा गर्दै अभिनेता केसीले भने– फिल्म भनेको टेबुलमा बन्छ । यो फिल्म पनि टेबुलमै तयार भैसकेको छ । दर्शकले लभस्टोरी फिल्ममा एउटा


Tumore prostatico: la prognosi in base a stadio, grado e rischio

Tumore prostatico: la prognosi in base a stadio, grado e rischio

नयाँ स्वाद पाउनु हुनेछ । यो मेरो करिअरको नयाँ यात्रा पनि हो ।’

जसिताले लभस्टोरी फिल्ममा काम गर्न पाउँदा खुशी लागेको बताइन् । अनमोल केसीसँग बल्ल जोडी जम्न लागेको भन्दै दर्शकले प्रतिक्रिया दिन थालेको उनले बताइन् । निर्माता रोहित अधिकारीले ठूलो क्यानभासमा उत्कृष्ट लभ स्टोरी फिल्म बनाउने बताए ।

निर्देशक सुयोग गुरुङले ‘फर्की फर्की’को कथाले दर्शकलाई लभस्टोरी फिल्ममा नै नयाँ स्वाद दिने तर्क गरे । फिल्मका नयाँ कलाकारद्धय रवि र समृद्धिले राम्रो टिमसँग काम गर्न पाएकोमा उत्साह व्यक्त गरेका थिए ।

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
mamata_kulkarni

२५ वर्षपछि ग्ल्यामरको दुनियाँमा ममता कुलकर्णी

  • १ दिन अगाडि
iran-war

इरानको आक्रमणपछि तेलको मूल्य उच्च, विश्वभरका शेयर...

  • १ दिन अगाडि
rabi-lamichhane

एमाले अध्यक्ष ओलीका पिताप्रति रास्वपा सभापति लामिछानेले...

  • १ दिन अगाडि
FB_IMG_1772900061238

नवलपुर-१ मा ३४ वर्षपछि ढल्यो कांग्रेसको विरासत,...

  • ५ दिन अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved