Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

वायु प्रदूषण बढेपछि कृत्रिम वर्षा गराउने तयारीमा भारत

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • २ वर्ष अगाडि

काठमाडौँ । भारतको राजधानी दिल्लीमा कृत्रिम वर्षा गराउने तयारी भइरहेको छ । मुख्यमन्त्री अरविन्द केजरीवाल नेतृत्वको दिल्ली सरकारले प्रदूषण भयावह बनेका कारण नियन्त्रणका लागि कृत्रिम वर्षाको योजना बनाएको हो ।

दिल्ली सरकारका पर्यावरण मन्त्री गोपाल रायले बुधबार आईआईटी कानपुरको टिमसँग बैठक आयोजना गरेका थिए । बैठकपछि रायले भने, ‘सबै कुरा ठिक रह्यो र अनुमति मिल्यो भने २१ र २२ नोभेम्बरका दिन कृत्रिम वर्षा गराइनेछ ।’

पछिल्ला दिनमा दिल्लीको हावा प्रदूषित भएको छ । त्यहाँ एयर क्वालिटी इन्डेक्सको स्तर ५०० नाघेको बताइन्छ ।

वर्षाले कम हुन्छ प्रदूषण ?

कम वर्षाकै कारण दिल्लीको हावा प्रदूषित भएको आकलन गरिएको छ । सेप्टेम्बरमा मनसुन सकिएपछि वर्षा नभएका कारण हावामा प्रदूषणकारी तत्त्व जम्मा भएको विज्ञहरू बताउँछन् । अक्टोबरमा दिल्लीमा नाम मात्रको वर्षा भएको थियो ।

अक्टोबर २०२१ मा १२३ मिलिमिटर वर्षा भएको दिल्लीमा अक्टोबर २०२२ मा १२९ मिलिमिटर वर्षा भएको थियो । तर अक्टोबर २०२३ मा दिल्लीमा ५.४ मिलिमिटर मात्र वर्षा भएको थियो ।

कसरी हुन्छ कृत्रिम वर्षा ?

कृत्रिम वर्षा ‘क्लाउड सिडिङ प्रविधि’ मार्फत गराइन्छ । आईआईटी कानपुरका विज्ञहरू सन् २०१७ देखि नै क्लाउड सिडिङ प्रविधिमार्फत कृत्रिम वर्षा गराउने योजनामाथि काम गर्दै आएका थिए ।

यस वर्षको जुन महिनामा आईआईटी कानपुरले उक्त प्रविधिमा सफलता हात पारेको बताइन्छ । परीक्षणका क्रममा एउटा सानो विमानलाई पाँच हजार फिटको उचाइमा उडाइएको थियो । सोही विमानबाट क्लाउड सिडिङ प्रविधिअनुसार बादलमा रासायनिक पाउडर छर्किएको थियो, जसबाट वर्षा भएको थियो ।

क्लाउड सिडिङ के हो ?

क्लाउड सिडिङ प्रविधिमाथि १९४० कै दशकदेखि काम गर्न थालिएको थियो । भियतनाम युद्धमा अमेरिकाले क्लाउड सिडिङ प्रविधिलाई हतियार बनाएको आरोप छ । उक्त युद्धमा अमेरिकाले कृत्रिम वर्षा गराएर जमिनलाई दलदल बनाइदिएको र भियतनामको ‘सप्लाइ चेन’ बिगारिदिएको आरोप लाग्दै आएको छ । तर यसबारे ठोस प्रमाण भने जुटिसकेको छैन ।

क्लाउड सिडिङ मौसममा परिवर्तन गराउने एउटा प्रविधि हो । जसबाट कृत्रिम रूपमा वर्षा गराउन सकिन्छ । यो प्रविधिमा सानो आकारका विमानलाई बादलको बिचमा उडाएर सिल्भर आयोडाइड, ड्राई आइस र क्लोराइड छर्किने गरिन्छ । जसले गर्दा बादलमा पानी जम्न थाल्छ र त्यही पानी वर्षा बन्दछ ।

चीनमा हुन्छ कृत्रिम वर्षा

चीनको राजधानी बेइजिङ विश्वका प्रदूषित सहरमध्ये एक हो । यहाँ प्रदूषण कम गर्न कृत्रिम वर्षा गराइन्छ ।

सन् २००८ मा बेइजिङ ओलम्किका क्रममा वर्षाले खेल अवरुद्ध नहोस् भन्ने उद्देश्यका साथ चीनले ‘वेदर मोडिफिकेसन सिस्टम’ प्रयोग गरेर पहिला नै वर्षा गराएको थियो । यस अतिरिक्त जापान, युएई जस्ता मुलुकले पनि यस प्रकारको अभ्यास गरिसकेका छन् ।

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
Kutumba-1766038151

कुटुम्बको ‘लाइभ म्युजिक’ कन्सर्ट काठमाडौंमा

  • २२ घण्टा अगाडि
rabi-lamichhane-baa

रवि लामिछाने आज कारागार मुक्त हुने

  • २२ घण्टा अगाडि
601953632_10225313283097485_3191257905718857191_n-edited-1536x1152

एमाले नेता अधिकारीद्वारा सक्रिय राजनीतिबाट बिदा लिएको...

  • २२ घण्टा अगाडि
keki_adhikari1

‘झिंगेदाउ २’ को सेटमा जन्मदिन मनाउँदै केकी...

  • २ दिन अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved