Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

जीवन बीमाबारे तपाईले थाहा पाउनु पर्ने केही विषयहरु

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • २ वर्ष अगाडि

जीवन बीमा के हो
जीवन बीमा बीमा कम्पनी र व्यक्ति (बीमित) बीचको करार हो । यसको उद्देश्य बीमा अवधि पुरा भएपछि बीमितलाई नाफा सहित बीमा‌ंकको रकम उपलब्ध गराउनु हो । अनिवार्य बचतका लागी प्रेरित गर्नु हो । यसबाहेक बीमा अवधिमा बीमितको मृत्यु भएमा उसको प्रियजनलाई आर्थिक सहयोग उपलब्ध गराउनु पनि जीवन बीमाको उद्देश्य हो ।

बीमित नियमितरूपमा बीमाशुल्क भुक्तानी गर्न र इच्छ्याएको व्यक्ति चयन गर्न सहमत हुन्छन् । सामान्यतया पति वा पत्नी, बच्चा वा अन्य आश्रितलाई इच्छ्याएको व्यक्तिको रुपमा राख्न सकिन्छ । बीमा कम्पनीले बीमितको निधन हुँदा इच्छ्याएको व्यक्तिलाई निश्चित रकम भुक्तानी गर्न सहमत हुन्छ।

बीमालेखको प्रकारको आधारमा, यो करार नियमितरुपमा बीमाशुल्क भुक्तानी भएसम्म (सावधिक जीवन बीमाको लागि) वा अवधि समाप्त नभएसम्म (म्यादी जीवन बीमाको लागि) प्रभावकारी रहन्छ।

जीवन बीमाले कसरी काम गर्छः
आफ्नो जीवनकालमा, बीमितले आफ्नो जीवन बीमकलाई नियमित वा एकमुष्ठरुपमा बीमाशुल्क भुक्तानी गर्छ। एक पटक बीमितको मृत्यु भएपछि, बीमा कम्पनीले इच्छ्याएको व्यक्ति वा कानूनी हकवालालाई मृत्यु लाभ भुक्तानी गर्छ। बीमा अवधि पुरा हुँदासम्म बीमित जीवितै रहेको अवस्थामा भने सावधिक जीवन बीमावापतको रकम बीमित स्वयमले एकमुष्ठरुपमा भुक्तानी लिनसक्छन् ।

यो सबैको अर्थ के हो बुझ्नको लागि, यो केही प्रमुख शर्तहरू परिभाषित गर्नु उपयोगी हुन सक्छ।

बीमितः
जीवन बीमालेख खरिद गर्ने र बीमाशुल्क भुक्तानी गर्न जिम्मेवार व्यक्ति हो। प्रायःजसो बीमालेखमा बीमाशुल्क भुक्तानी गर्ने व्यक्ति नै बीमित हुन्छ । तपाईसँग सम्बन्ध भएको अर्को व्यक्तिको बारेमा पनि जीवन बीमा गराउन सम्भव छ, जस्तै पति वा पत्नी, बच्चा, आमाबाबु वा व्यवसायीक साझेदार, कर्मचारी। तर यसका लागी नाबालिक बाहेकको हकमा उनीहरूको सहमति चाहिन्छ।

इच्छ्याइएको व्यक्ति वा लाभार्थीस् लाभार्थीहरू बीमित स्वयम् बाहेक पनि जीवन बीमालेखबाट लाभान्वित हुने व्यक्ति वा संस्था हुन्। बीमितले एकल लाभार्थी वा धेरै लाभार्थीको नाम बीमालेखमा वा सम्पुष्टीमा उल्लेख गर्न सक्छ। प्रायः, लाभार्थीहरू सामान्यतया परिवारका सदस्य नै हुन्छन् । तपाईले लाभार्थीको रूपमा परोपकार, व्यवसाय वा ट्रस्टको नाम पनि राख्न सक्नुहुन्छ।

बीमाशुल्कः
बीमाशुल्क भनेको बीमितले बीमालेखका सेवा शर्त सकृय राख्नका लागी निश्चित अवधिसम्म वा बीमालेख खरिद गर्दाकै अवस्थामा एकमुष्ठ भुक्तानी गर्नुपर्ने रकम हो । बीमालेखहरुको प्रकृती र बीमितको रोजाईको आधारमा मासिक, त्रैमासिक वा वार्षिकरूपमा बीमाशुल्क भुक्तानी गर्न सकिन्छ । तोकिएको समयावधिभित्र बीमाशुल्क किस्ता भुक्तानी गर्न चुकेको अवस्थामा यसले बीमालेखको शर्तहरु पूर्ण वा आ‌ंशिकरूपमा निष्कृय भइदिन्छ । र बीमालेखको सेवासुविधाबाट बीमित स्वयम् वा निजको आश्रित विमूख हुनुपर्ने अवस्था आउँछ ।

मोहलत अवधिः
बीमाशुल्क भुक्तानीसँगै जोडिएर आउने विषय हो मोहलत अवधि । बीमाशुल्क किस्ता भुक्तानी गर्नुपर्ने मितिका अतिरिक्त किस्ता भुक्तानी गर्न बीमितलाई सहुलियतस्वरुप थप अवधि प्रदान गरिएको हुन्छ । यस्तो अवधिलाई मोहलत अवधि भनिन्छ । यो अवधि मासिक किस्ता भुक्तानीमा प्राप्त हुँदैन । त्रैमासिक अवधिमा १५ दिन र अर्द्ध वार्षिक र वार्षिक किस्तामा ३०-३० दिनको मोहलत अवधि दिइएको हुन्छ । मोहलत अवधिसम्म पनि भुक्तानी नगरेको अवस्थामा शुरुदेखि कै ब्याज रकम सहित बीमाशुल्क किस्ता भुक्तानी गरेर बीमालेख नियमित गर्न सकिन्छ ।

बाेनशः
नाफामा सहभागी हुने गरी जारी गरिएको बीमालेखमा बीमालेख जारी भएको एक वर्षको अवधि पुरा भएपछि प्रत्येक वार्षिकोत्सवमा बीमकले बीमितलाई बाँडफाँड गर्ने नाफाको रकमलाई बोनश भनिन्छ । बीमकले कमाएको नाफा रकम र बीमितले खरिद गरेको बीमालेखको बिक्रीबाट बचत भएको रकमको आधारमा बीमांकी मूल्यांकनबाट बोनश रकमको निर्धारण हुन्छ । सञ्चालन खर्च कम भएको, बीमालेख व्यतित हुने दर कम भएको र नाफा राम्रो आर्जन गर्ने जीवन बीमकसँग बीमा गर्दा बोनशवापत धेरै रकम पाउने संभावना हुन्छ ।

समर्पण मूल्यः
बीमालेख जारी भएको निश्चित अवधि र शर्त पुरा भइसकेपछि बीमितले बीमालेख बन्द गर्न चाहेको अवस्थामा बीमालेख अन्तर्गत प्राप्त गरिने रकमलाई समर्पण मूल्य भनिन्छ। यस्तो रकम भुक्तानी बीच बीमक र बीमित बीचको करार समाप्त हुन्छ अर्थात् बीमालेख अन्त्य हुन्छ।

नेपाल बीमा प्राधिकरणले जारी गरेको जीवन बीमालेख निर्देशका २०७९ को प्रावधान अनुसार एक वा नियमितरुपमा बीमाशुल्क किस्ता भुक्तानी गर्ने गरी जारी गरिएका बीमालेखमा निश्चित अवधिपछि समर्पण मूल्य प्राप्त हुन्छ । निर्देशिकामा भएको प्रावधान अनुसार बीमालेख जारी भएको ३ वर्ष अवधि पुरा भएपछि एकल बीमाशुल्क भुक्तानी गर्ने गरी जारी गरिएको सावधिक बीमालेखमा समर्पण मूल्य प्राप्त हुन्छ । यसैगरी नियमित किस्ता भुक्तानी गर्ने गरी जारी गरिएको सावधिक बीमालेखमा तीन वर्षको किस्ता भुक्तानी गरेर बीमालेख जारी गरेको तीन वर्ष अवधि पुरा भएपछि समर्पण मूल्य प्राप्त हुनेछ ।

बीमालेख कर्जाः
समर्पण मूल्य प्राप्त गर्न याेग्य बीमालेख धितो राखेर बीमितले चाहेको अवस्थामा कर्जा सुविधा समेत लिन सक्छन् । समर्पण मूल्यको ८० देखि ९० प्रतिशतसम्मको रकम कर्जा सुविधा उपलब्ध हुन्छ। बीमालेख कर्जावापतकाे ब्याज रकम ६ ६ महिनाकाे अवधिभित्र भुक्तानी गर्नुपर्छ । ६ महिना नाघ्याे भने ब्याजकाे रकम पनि साँवामा जाेडिन्छ। साँवा रकम बीमा अवधिभित्र किस्ता किस्ता गरेर बीमितले आफ्नो सुविधा अनुसार भुक्तानी गर्न सक्छन्, बै‌ंकको ऋण चुक्ता गर्दा कर्जाकाे साँवा र ब्याजवापत एकमुष्ठ किस्ता तिर्नुपर्ने बाध्यकारी हुँदैन ।

नेपालमा जीवन बीमा कम्पनीले बीमालेख धिताे कर्जा रकम वार्षिक १० देखि ११ प्रतिशत ब्याज दरमा दिइ रहेका छन्। ब्याज रकम अर्द्ध वार्षिकरुपमा गणना गरिने भएकाले ६-६ महिनामा ब्याज दर भुक्तानी नगरे वास्तविक ब्याज भार १०‍.५० देखि ११.५० प्रतिशतसम्म पर्न जान्छ।

व्यतित बीमालेखः
बीमाशुल्क भुक्तानी गर्नुपर्ने मितिबाट ६ महिनासम्म पनि बीमाशुल्क भुक्तानी नगरेको अवस्थामा बीमालेख निष्कृय भएर जान्छ । यस्तो अवस्थामा रहेको बीमालेखलाई व्यतित बीमालेख भनिन्छ। व्यतित बीमालेखको निश्चित चुक्ता मूल्य बाहेक अन्य कुनै पनि रकम बीमित वा लाभार्थीले प्राप्त गर्दैनन् ।

मृत्यु लाभः
मृत्यु लाभ भनेको बीमा अवधि बाँकी रहेकै अवस्थामा बीमितको मृत्यु भएमा लाभार्थीलाई भुक्तानी गरिने रकम हो। मृत्यु लाभलाई अंकित मूल्य वा कभरेज रकमको रूपमा पनि उल्लेख गर्न सकिन्छ। आजीवन बीमालेखमा चाहिँ बीमा अवधि पुरा भएपछि पनि बीमितको मृत्यु भएको अवस्थामा लाभार्थीले मृत्यु लाभ वापतको रकम भुक्तानी प्राप्त गर्ने हक राख्छन् । कालगतीले मृत्यु भएको अवस्थामा बीमा‌ंक बराबर रकम र दुर्घटनाबाट मृत्यु भएको अवस्थामा बीमांकको दुई गुणा रकम लाभार्थीले भुक्तानी प्राप्त गर्छन् ।

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
Kutumba-1766038151

कुटुम्बको ‘लाइभ म्युजिक’ कन्सर्ट काठमाडौंमा

  • २२ घण्टा अगाडि
rabi-lamichhane-baa

रवि लामिछाने आज कारागार मुक्त हुने

  • २२ घण्टा अगाडि
601953632_10225313283097485_3191257905718857191_n-edited-1536x1152

एमाले नेता अधिकारीद्वारा सक्रिय राजनीतिबाट बिदा लिएको...

  • २२ घण्टा अगाडि
keki_adhikari1

‘झिंगेदाउ २’ को सेटमा जन्मदिन मनाउँदै केकी...

  • २ दिन अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved