पोखरा । शुक्रबार बिहान घाँस काट्ने क्रममा भिरबाट लडेर घाइते भएका कलाकार प्रकाश घिमिरेलाई थप उपचारका लागि काठमाडौं लगिने भएको छ । उनको अहिले मणिपाल शिक्षण अस्पतालमा उपचार भैरहेको छ ।


उनी अहिलेसम्म अचेत छन् ।अवस्था असामान्य रहेकोले काठमाडौंमा उपचारका लागि पठाउन लागिएको हो । कलाकार तथा उनका शुभिन्तकहरु मणिपाल पुगेका छन् । चिकित्सकहरुले उनको अवस्था स्थिर रहको जनाएका छन् । घिमिरेको आइसियूमा राखेर उपचार गरिएको छ ।











