Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

चाडपर्वमा रिलिज क्यालेन्डर अस्तव्यस्त, दिन बिराएर तीन फिल्म प्रदर्शन हुँदै

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • २ वर्ष अगाडि

काठमाडौं । यो सप्ताहन्त नेपाली बक्स अफिसमा अनौठो संयोग जुरेको छ । दिन बिराएर बिहीबार, शुक्रबार र शनिबार नयाँ फिल्म रिलिज हुँदैछन् । बिहीबार विजय थलापति स्टारर दक्षिण भारतीय फिल्म ‘लियो’ प्रदर्शनमा आएको छ ।

एक्सन–क्राइम ड्रामा जनरामा राखिएको यो फिल्मलाई लोकेश नागराजले निर्देशन गरेका हुन् । विजय थलापतिसहित यसमा सञ्जय दत्त, अनुराग कश्यप, तृषा कृष्णको शीर्ष भूमिका छ । यो एक्सनप्रधान फिल्मलाई प्रतीक्षित मानिएको छ । यो फिल्मको लम्बाइ १६५ मिनेट छ ।

दशैंकै अवसर पारेर शुक्रबार टाइगर श्राफ स्टारर ‘गणपत’ रिलिज हुनेछ भने शनिबार नेपाली फिल्म ‘भष्मे डन’ प्रदर्शनमा आउँदैछ । चाडपर्वमा आफूलाई अनुकूल समयमा फिल्म रिलिज गर्न दिने मौकाको फाइदा उठाउँदै निर्माता र वितरकले यसरी फिल्म रिलिज गर्न लागेका हुन् । आफ्नो अनुकूलतामा फिल्म रिलिज गर्दा फ्राइडे रिलिज क्यालेन्डर अस्तव्यस्त बनेको छ ।

यसअघि निर्माता संघ र चलचित्र संघबीच चाडपर्वबाहेकको समयमा शुक्रबार रिलिजलाई निरन्तरता दिने सहमति भएको थियो । यसबाहेक भारतमा समेत शुक्रबार बाहेकका दिनमा फिल्म रिलिज हुँदा यसले नेपाली क्यालेन्डरलाई समेत प्रभावित पारिरहेको छ । यसअघि शाहरुख खानको जवान पनि बिहीबार रिलिज भएको थियो ।

थलापति विजयको महत्वाकांक्षी फिल्म बताइएको ‘लियो’ शुक्रबारअघि नै रिलिज हुँदा यसले प्रदर्शनरत नेपाली फिल्म ‘परदेशी २’ लाई असर पारेको छ । प्रकाश सपुत स्टारर फिल्मको शो र अकुपेन्सी दुवै बिहीबार घटेको छ ।

शुक्रबारदेखि लाग्ने टाइगर श्राफ, कृति सेनन र अमिताभ बच्चनको एक्सन थ्रिलर ‘गणपत’ पनि दर्शकमाझ प्रतीक्षित छ । यो फिल्मले लियो र भष्मे डनका शोलाई प्रभावित तुल्याउने छ । अब ‘भष्मे डन’ दोस्रो सातामा रिलिज हुँदा ‘परदेशी २’ दोस्रो सातामा निकै कम शोमा खुम्चिने पक्का छ ।

हलले शनिबारसम्मको शो मात्र प्रकाशित गरेका छन् । तिहारमा पनि नेपाली फिल्म ‘दिमाग खराब’ शुक्रबार रिलिज हुँदा ‘टाइगर ३’ आइतबार मात्र रिलिज हुँदैछ ।

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
sunil-thapa

रहेनन् वरिष्ठ अभिनेता सुनिल थापा, ६८ वर्षको...

  • ३ दिन अगाडि
nirbachan (3)

प्रतिनिधिसभा निर्वाचनमा आयोगले ९ प्रकारका सामग्री पठाउने

  • ३ दिन अगाडि
nepali-cricket-mumbai

बलियो इंग्ल्यान्डविरुद्ध पहिलो खेल खेल्दै नेपाल

  • ३ दिन अगाडि
sena-1 (1)

नवलपुरमा ११ वटा निर्वाचन स्थललाई अति संवेदनशील

  • ३ दिन अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved