Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

‘परदेशी २’ले कति पायो शो ?

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • २ वर्ष अगाडि

काठमाडौँ । शुक्रबारबाट प्रदर्शनमा आउने फिल्म ‘परदेशी २’को अग्रिम टिकट बुकिङ खुला गरिएको छ । बुधबार खुला भएको अग्रिम टिकट बुकिङमा नेपालको सबैभन्दा ठुलो मल्टिप्लेक्स चेन क्यूएफएक्सले देशभरका स्टेसनमा फिल्मलाई पहिलो दिन ३७ शो दिएको छ ।

त्यसैगरि मल्टीप्लेक्स चेन आइएनआईले आफ्नो तीन वटा स्टेसनमा १२ शो दिएको छ । रञ्जना सिनेप्लेक्स, कीर्तिपुर सिनेप्लेक्स र सिके सिनेमाजले ४ शो दिँदा क्यूज सिनेमाजले २ शो दिएको छ । काठमाडौँका अरू मल्टिप्लेक्सहरु बिग मुभिजमा ३ शो, वान सिनेमाज्मा १२ शो उपलब्ध गराएको छ । फिल्मको बुकिङ राम्रो भयो भने शो अझै थप्न सक्ने छ ।

शुक्रवार ‘परदेशी २’सँगै फिल्म ‘कौसिद’ र ‘बान्सेजी’ पनि प्रदर्शनमा आउँदै छ । ‘कौसिद’ र ‘बान्सेजी’ले भने सामान्य शो पाएको छ ।

‘परदेशी २’ हिट फिल्म ‘परदेशी’को सिक्वेल हो । आर्थिक अभावका कारण वैदेशिक रोजगारीमा जान बाध्य नेपालीहरुको कथालाई प्रस्तुत ‘परदेशी’ले गरेको थियो, भने सिक्वेलले अध्यायनका लागि विदेशिने युवा पुस्ताको मोहलाई कथा बनाएको हो ।

निर्माण समय देखिनै चर्चामा रहेको ‘परदेशी २’ हल व्यवसायीले पनि आस गरेको फिल्म हो । फिल्मको अग्रिम बुकिङ राम्रो भएको खण्डमा मल्टीप्लेक्सहरु शोज संख्या समेत थप हुनेछ ।

प्रकाश सपूत, केकी अधिकारी, प्रशान्त तामाङ, वर्षा सिवाकोटी, दिलीप रायमाझी, नीर शाह, रमा थपलिया, सबिन बास्तोला, देवेन्द्र बब्लुलगायतको अभिनय रहेको फिल्म नारायण रायमाझीले निर्देशन गरेका हुन् । गायनमा स्थापित सपूतले यही फिल्म मार्फत अभिननेताको रुपमा देखिँदै छन् ।

नारायण इन्टरनेसनलको प्रस्तुतिमा निर्माण भएको फिल्ममा राजेश वंशल र निर्देशक रायमाझीको निर्माण तथा रमेश बिजीको कथा र पटकथा लेखन रहेको छ । मानकृष्ण महर्जनको छायाङ्कन, अष्ट महर्जनको द्वन्द्व निर्देशन, गोविन्द राई र रामजी लामिछानेको कोरियोग्राफी रहेको फिल्ममा दीर्घ खड्काले सम्पादन छ ।

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
mamata_kulkarni

२५ वर्षपछि ग्ल्यामरको दुनियाँमा ममता कुलकर्णी

  • १० घण्टा अगाडि
iran-war

इरानको आक्रमणपछि तेलको मूल्य उच्च, विश्वभरका शेयर...

  • १० घण्टा अगाडि
rabi-lamichhane

एमाले अध्यक्ष ओलीका पिताप्रति रास्वपा सभापति लामिछानेले...

  • १० घण्टा अगाडि
FB_IMG_1772900061238

नवलपुर-१ मा ३४ वर्षपछि ढल्यो कांग्रेसको विरासत,...

  • ४ दिन अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved