Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

अदालतले पक्राउ पुर्जी जारी गरेपछि पुटिन पहिलोपटक विदेस भ्रमणमा

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • २ वर्ष अगाडि

बिस्केक । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन किर्गिजस्तान आइपुगेका छन् । गत मार्चमा अन्तर्राष्ट्रिय फौजदारी अदालत (आइसीसी)ले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेपछिको उनको यो पहिलो विदेश भ्रमण हो ।

युक्रेनी बालबालिकालाई देश निकाला गरेको अभियोगमा अदालतले पुटिनको खोजी गरिरहेको छ । आइसीसीका सदस्य राष्ट्रहरूमा राष्ट्रपति पुटिनले पाइला राखेको अवस्थामा ती देश उनलाई गिराफ्तार गर्न बाध्य हुनेछन् । यद्यपि किर्गिजस्तानले आइसीसीको सदस्यता लिएको छैन ।
रुसी समाचार समितिहरू तास, इन्टरफ्याक्स र रिया नोभोस्तीले बिहीबार बिहान पुटिन किर्गिजस्तान पुगेको बताएका छन् ।

स्वतन्त्र राष्ट्रहरूको राष्ट्रमण्डलको शिखर सम्मेलनमा भाग लिने सिलसिलामा राष्ट्रपति पुटिनले आफ्ना बेलारुसी सहयोगी अलेक्जेन्डर लुकासेन्को र अन्य क्षेत्रीय नेताहरूसँगै किर्गिज समकक्षी सादिर जापारोभसँग भेट गर्ने कार्यक्रम छ । राष्ट्रपति पुटिनले सन् २०२२ फेब्रुअरीमा युक्रेनमा आक्रमण गरेपछि गत डिसेम्बरमा बेलारुस र किर्गिजस्तानको र यसै वर्ष युक्रेनको रुसले कब्जा गरेको भागमा भ्रमण गरेका थिए ।

अब उनले उत्तर कोरियाका साथै चीनको भ्रमण गर्ने योजना बनाइरहेका छन् । मस्कोले पुटिनलाई विदेशमा पक्राउ गर्ने सम्भावनालाई युद्धसँग तुलना गर्दै पक्राउ पुर्जीलाई ‘गैरकानूनी’ को संज्ञा दिएको छ । यद्यपि व्यवहारतः रुसले यसमा सावधानी अपनाएको छ । अगस्ट महिनामा आइसीसी सदस्य मुलुक दक्षिण अफ्रिकामा भएको ब्रिक्स शिखर सम्मेलनमा भाग लिन रुसले पुटिनको सट्टा विदेशमन्त्री सर्गेई लाभरोभलाई पठाएको थियो ।

युक्रेनमाथि पूर्णस्तरको आक्रमणपछि पुटिनलाई पश्चिमी दुनियाँमा अवान्छित व्यक्ति बनाइदिएको छ । आइसीसीको उक्त निर्णयले पुटिनलाई संसारको ढोकाको ठूलो हिस्सा बन्द गरिदिएको छ । रोम विधानलाई एकसय २३ मुलुकले अनुमोदन गरेका छन् । उक्त विधानलाई आइसीसीका सदस्यहरूले पालना गर्न आवश्यक छ ।

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
Aaryan-Sigdel-768x470

म्युजिकल फिल्म बानीको टिजर

  • ४८ मिनेट अगाडि
Yoga0

आज विश्व ध्यान दिवस

  • ५२ मिनेट अगाडि
Kutumba-1766038151

कुटुम्बको ‘लाइभ म्युजिक’ कन्सर्ट काठमाडौंमा

  • २ दिन अगाडि
rabi-lamichhane-baa

रवि लामिछाने आज कारागार मुक्त हुने

  • २ दिन अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved