Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

सन्दिप र निखिल सहित करिब २०० जना ‘स्पार्क एड्भेन्चर’मा शैलुङ जाँदै

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • २ वर्ष अगाडि

असोज, काठमाडौँ । दोलखा र रामेछापको सिमानामा पर्ने शैलुङमा स्पार्क कारले ‘स्पार्क एड्भेन्चर २०२३’ अन्तर्गत आयोजना गर्ने ‘वाइल्ड स्टे विथ चौँरी’मा क्याप्टेन बिजय लामा, निखिल उप्रेती, सन्दीप क्षेत्री लगायतका कलाकारले सहभागिता जनाउने भएका छन् । कार्यक्रममा प्रशासनिक एवं सुरक्षा निकायका अधिकारी समेत सहभागी हुनेछन् ।

प्रचुर पर्यटकीय सम्भावना रहेर पनि चल्तीको गन्तव्य नभएकोले उक्त स्थानको प्रचार प्रसारको लागि कार्यक्रम आयोजना गरिएको आयोजकले बताएको छ ।

कार्यक्रम संयोजक अमर दीप भट्टराईका अनुसार असोजको ११ देखि १३ गतेसम्म हुने स्पार्क एड्भेन्चरमा लोक गायक प्रेम राजा महत, कलाकार गरिमा शर्मा, गायक यश कुमार, लेखक बुद्धिशागर, डा रन्जित बराल, कमेडियन कैलाश कार्की, मोडल रीना थापा मगर, ट्राभलर सिर्जना सिज्जु समेतको सहभागिता रहने छ ।

असोज ११ गते बिहान काठमाडौँदेखि सैलुङको यात्रा सुरु हुनेछ । असोज १२ गते चौँरी गोठ र सैलुङलाई ‘एक्सप्लोर’ गर्ने आयोजकको भनाइ छ । कार्यक्रममा आन्तरिक पर्यटनको खोजी गर्ने, चौँरीसँग जङ्गलमा रात बिताउने, स्थानीय संस्कृति, स्वादिष्ट खाना र नयाँ रमणीय ग्रामीण गन्तव्यहरू पत्ता लगाउने इच्छा भएका सहभागीहरूले सहभागिता जनाउन सक्ने छन् ।

साहसिक पर्यटनको क्षेत्रमा पनि काम गर्दै आइरहेको स्पार्क कारले पर्यटकहरूका लागि यातायातको व्यवस्थापन गर्ने कार्य गर्दै आइरहेको छ । सेल्फ ड्राइभमा कार उपलब्ध गराउने, ड्राइभर मात्र उपलब्ध गराउनेदेखि स्पार्कले देशैभरि ड्राइभरसहित सवारीसाधन पनि उपलब्ध गराउँदै आएको छ ।

गत वर्ष लमजुङको भुजुङमा भिर मौरीको सिकार गरेर सुरु भएको स्पार्क एड्भेन्चरको दोस्रो संस्करण दोलखा र रामेछापको सिमानामा रहेको शैलुङ र त्यहाँको चौँरी गोठलाई केन्द्रित गर्दै आयोजना गर्न लागिएको हो ।

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
sunil-thapa

रहेनन् वरिष्ठ अभिनेता सुनिल थापा, ६८ वर्षको...

  • २२ घण्टा अगाडि
nirbachan (3)

प्रतिनिधिसभा निर्वाचनमा आयोगले ९ प्रकारका सामग्री पठाउने

  • २२ घण्टा अगाडि
nepali-cricket-mumbai

बलियो इंग्ल्यान्डविरुद्ध पहिलो खेल खेल्दै नेपाल

  • २२ घण्टा अगाडि
sena-1 (1)

नवलपुरमा ११ वटा निर्वाचन स्थललाई अति संवेदनशील

  • २२ घण्टा अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved