Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

‘द भ्वाइस अफ नेपाल’ सिजन ५ मा कोचको रुपमा भित्रिए उदय र मिलन

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • २ वर्ष अगाडि

काठमाडौँ । गायन रियालिटी सो ‘द भ्वाइस अफ नेपाल’ सिजन–५ को प्रसारण ५ असोजबाट सुरु हुने भएको छ । निर्माण युनिटले बुधबार राजधानीमा एक पत्रकार भेटघाट गर्दै कार्यक्रमको नयाँ सिजन र बिभिन्न पक्षबारे जानकारी दिएको हो ।

यो सिजनमा डिजिटल अडिसनमा सहभागी भएका करिब ६० हजार आवेदकमध्येबाट छानिएका १२० बढी प्रतिभाहरु ब्लाइन्ड अडिसनमा सहभागी भएका छन् । अडिसनमा नेपालसहित बिभिन्न देशमा बसोबास गर्ने नेपालीभाषी प्रतिभाहरुले सहभागिता जनाएका थिए ।

‘शो का लागि गतवर्ष भन्दा झण्डै दोब्बरको संख्यामा डिजिटल अडिसनमा आवेदन परेको थियो, त्यसैले अडिसन स्क्रिनिङमै झण्डै तीन महिना लाग्यो’, कार्यक्रमका निर्देशक लक्ष्मण पौडेलले भने– ‘यो पटक ग्रामिण भेगबाट मौलिक आवाजहरु आएका छन ।’ ब्लाइण्ड अडिसनमा पुगेका झण्डै १२० प्रतिभा साँच्चै अदभूत रहेको पौडेलको भनाई रहेको छ ।

ब्लाइन्ड अडिसनमा कोचको कुर्सी घुमाउन सफल प्रतिभाहरुको सांगीतिक यात्रा त्यही बिन्दुबाट सुरु हुनेछ । छानिएका ६४ जना प्रतिभाहरु ब्याटल राउण्डमा प्रतिस्पर्धा गर्नेछन् । कार्यक्रममा हिमालय टेलिभिजनका कार्यकारी निर्देशक श्याम कँडेलले यो सिजनलाई उत्कृष्ट बनाउन कुनै कसर बाँकी नराख्ने बताए ।

शो को यो सिजनमा पनि अघिल्ला ४ सिजनमा कोच रहेका प्रमोद खरेलले निरन्तरता पाएका छन् । यसैगरी गत वर्षदेखि भ्वाइसमा अनुबन्धित राजेशपायल राई यो सिजनमा पनि दोहोरिएका छन् । यसअघि ‘द भ्वाइस किड्स’ मा कोचमा रहेका गायिका मिलन नेवार यो सिजनमा कोचमा अनुबन्धित छिन् । सुगम संगीतका चर्चित गायक उदय सोताङ पनि अहिले कोचमा अटाएका छन् ।

हिमालय टेलिभिजनले विश्वका नम्बर एक रियालिटी शोहरु नेपालमा ल्याई उत्पादन तथा प्रसारण गर्दै आइरहेको छ । टेलिभिजनले भ्वाइस अफ नेपाल किड्स, हिमालय रोडिज, हिमालय लोकस्टार लगायतका रियालिटी शो प्रसारण समेत गरिरहेको छ ।

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
sunil-thapa

रहेनन् वरिष्ठ अभिनेता सुनिल थापा, ६८ वर्षको...

  • ३ घण्टा अगाडि
nirbachan (3)

प्रतिनिधिसभा निर्वाचनमा आयोगले ९ प्रकारका सामग्री पठाउने

  • ३ घण्टा अगाडि
nepali-cricket-mumbai

बलियो इंग्ल्यान्डविरुद्ध पहिलो खेल खेल्दै नेपाल

  • ३ घण्टा अगाडि
sena-1 (1)

नवलपुरमा ११ वटा निर्वाचन स्थललाई अति संवेदनशील

  • ३ घण्टा अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved