Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

विपिन र सुहानाको चलचित्र अब ‘एक भागवत र एक गीता’का नाममा रिलिज हुने

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • ३ वर्ष अगाडि

भदौ, काठमाडौँ । झरना थापा निर्देशित चलचित्र एक भगवत गीतालाई लिएर भइरहेको विवाद अन्ततः टुंगिएको छ । शीर्षक परिवर्तन गर्ने सहमतिसँगै आइतवार यसको विवाद टुंगिएको हो ।

चलचित्र विकास बोर्डमा आइतवार निर्माण पक्ष र धार्मिक संस्थाका प्रतिनिधीले सहमतिपत्रमा हस्ताक्षर गरेका छन् । सहमतिअनुसार अब यो चलचित्रको नाम ‘एक भागवत र एक गीता (सामाजिक कथा) रहने भएको छ । विवाद टुंगिएसँगै यो चलचित्र अब सेन्सरको प्रक्रियामा अघि बढ्ने जानकारी दिइएको छ ।

यो चलचित्रको शीर्षकलाई लिएर केही धार्मिक संस्थाले आपत्ति जनाएका थिए । उनीहरुले चलचित्रको सेन्सर सिफारिस रोक्न चलचित्र बिकास बोर्डमा उजुरी दिएका थिए । त्यसपश्चात विकास वोर्डले मध्यस्थताको भूमिका खेल्दै दुई पक्षलाई छलफलमा बोलाएको थियो ।

 

निर्माण पक्ष र धार्मिक संस्थाका प्रतिनिधिहरुको पटक पटकको छलफलपछि बल्ल नाम परिवर्तन गर्ने सहमतिसँगै विवाद टुंगिएको हो । आइतवारको छलफलमा चलचित्रको निर्माण पक्ष र धार्मिक संस्थाका प्रतिनिधिसँगै चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी, चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्का, अभिनेता एवं निर्माता दीपकराज गिरी, चलचित्र निर्देशक दिपेन्द्र के खनाल, अभिनेता खगेन्द्र लामिछाने लगायतको समेत उपस्थिति रहेको थियो ।

भदौ २९ गते प्रदर्शनको तयारीमा रहेको यस चलचित्रमा विपिन कार्की, सुहाना थापा र धिरज मगर लगायतका कलाकारहरु मुख्य भूमिकामा छन् । चलचित्रमा विपिन कार्कीले निर्वाह गरेको कमलामाई चरित्रलाई चौतर्फी तारिफ समेत मिलिरहेको छ ।

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
swastimakhadka

लालीबजार, एक मुठ्ठी बादल, मालती मंगलेले कति...

  • १७ घण्टा अगाडि
Hawa-Huri-1-1024x683

कोशीदेखि लुम्बिनीसम्मका जिल्लामा हावाहुरी चल्ने, सतर्कता अपनाउन...

  • १७ घण्टा अगाडि
688964637_1458030362142640_3727397104308169433_n

भदौरीमा मृत्यु दाबी भुक्तानी तथा बिमा सचेतना...

  • १७ घण्टा अगाडि
706256823_1871210357169927_5179291615251167059_n

देवचुलीमा सातदिने निःशुल्क ऊर्जा ध्यान शिविर सम्पन्न

  • १८ घण्टा अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved