Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

संघीय निजामती विधेयक फेरि सच्याउने तयारी

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • ३ वर्ष अगाडि

काठमाडौं । सरकारले बहुप्रतिक्षित संघीय निजामती सेवा विधेयकलाई संघीय संसद्मा पठाउने निर्णय गरे पनि केही विषय नमिलेको भन्दै फेरि सच्याइरहेको छ । गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले हतार हतारमा सो विधेयक संघीय संसद्मा पठाउने निर्णय गरेको थियो । तर, विधेयक संसद्मा पठाउने निर्णय भएको चार दिनसम्म पनि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सो विधेयक संसद्मा दर्ता गराउन सकेको छैन ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले विधेयकमा रातारात सच्याउने काम भइरहेको जानकारी दिँदै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका एक अधिकारीले भने– ‘केही महत्वपूर्ण विषयमा राजनीतिक तहमा सहमति जुट्न बाँकी रहेकाले आन्तरिक रूपमा सहमति जुटाएर मात्रै विधेयक संसद्मा दर्ता गर्न पठाइने भएको छ । अझै केही विषयमा आन्तरिक छलफल भएर थपथाप गर्नुपर्ने देखिएको छ, तर अब छिटै संसद्मा पठाउँछौं ।’ यद्यपि, संसद्मा नै आवश्यक छलफल हुने भन्दै सो विधेयक छिटोभन्दा छिटो संसद्मा दर्ता गराउन दबाब पनि परेको छ ।

मन्त्रिपरिषद्को विधेयक समितिले प्रभावकारी रूपमा गृहकार्य नगर्दै मन्त्रिपरिषद्ले एकैचोटी विधेयक संसद्मा पठाउने निर्णय गरेपछि समस्या परेको बताइएको छ । स्रोतका अनुसार कर्मचारीको वृत्ति विकास, तथा प्रदेश र स्थानीय तहको कर्मचारी व्यवस्थापनलगायतका महत्वपूर्ण विषयमा सहमति जुट्न सकेको छैन । सत्तारुढ दल नै यो विषयमा विभाजित बनेका छन् ।

यसै गरी प्रदेशमा खटाउने सचिव केन्द्रको हुने की प्रदेशकै भन्नेमा विवाद छ । यस्तै, स्थानीय तहमा पठाउने प्रमुख प्रशासकीय अधिकृत पनि केन्द्रको हुने की प्रदेश तथा स्थानीय तहकै हुने भन्नेमा चरम विवाद छ । संघीयताको मर्मविपरीत स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत प्रदेश तथा स्थानीय तहकै हुने गरी प्रस्ताव गरिएको भन्दै विरोध हुँदै आएको छ ।

सो पदमा केन्द्रबाट कर्मचारी नपठाए संघ र स्थानीय तहबीच समन्वयको काम हुन नसक्ने र सो कार्य संघीयताको मर्मविपरीत हुने विज्ञहरूको सुझाव छ । त्यसैले, प्रमुख प्रशासकीय अधिकृत केन्द्रबाटै पठाउने व्यवस्था गर्न विज्ञहरूले सुझाव दिँदै आएका छन् । यस अघि पनि सो विधेयक संसद्मा दर्ता गर्ने निर्णय गरिएको भए पनि पछि विवाद भएपछि फिर्ता भएको थियो । यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ।

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
swastimakhadka

लालीबजार, एक मुठ्ठी बादल, मालती मंगलेले कति...

  • २ घण्टा अगाडि
Hawa-Huri-1-1024x683

कोशीदेखि लुम्बिनीसम्मका जिल्लामा हावाहुरी चल्ने, सतर्कता अपनाउन...

  • २ घण्टा अगाडि
688964637_1458030362142640_3727397104308169433_n

भदौरीमा मृत्यु दाबी भुक्तानी तथा बिमा सचेतना...

  • २ घण्टा अगाडि
706256823_1871210357169927_5179291615251167059_n

देवचुलीमा सातदिने निःशुल्क ऊर्जा ध्यान शिविर सम्पन्न

  • २ घण्टा अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved