काठमाडौँ । नेपाल चलचित्र कलाकार सङ्घले आफ्नो ३५औँ स्थापना दिवस मनाएको छ । राजधानीमा शनिबार एक कार्यक्रमकाबीच आयोजित स्थापना दिवसमा थुप्रै कलाकर्मीको उपस्थिति रहेको थियो ।


कार्यक्रममा सम्मान, मानार्थ सदस्यता प्रदान, शुभकामना मन्तव्य, अवधारणा पत्र प्रस्तुत र त्यसमाथि टिप्पणी समेत भएको थियो । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी, सङ्घकी संरक्षक वसुन्धरा भुसाल, पूर्व अध्यक्ष तथा सल्लाहकारहरू कृष्ण मल्ल, रमेश बुढाथोकी, सल्लाहकार राजकुमार राई, निवर्तमान अध्यक्ष रवीन्द्र खड्का, कानुनी सल्लाहकार कृष्ण ढुङ्गाना, चलचित्र पत्रकार सङ्घका उपाध्यक्ष कुबेर गिरी, कलाकार सन्तोष पन्त, अभिनेत्री चैत्यदेवि सिंह, निर्देशक द्वय आकाश अधिकारी र नरेश पौडेल, कलाकार आरपि पन्त, तैयव शाह, मुकुन्द किशोर भट्टराई लगायतको उपस्थिति रहेको कार्यक्रममा संविधानविद् भीमार्जुन आचार्य, धुलिखेल नगरपालिकाका मेयर अशोक ब्यञ्जु श्रेष्ठ, द्वन्द्व निर्देशक राजेन्द्र खड्गी, दन्त चिकित्सक डा. सुवास घिमिरे, खेलकुदकर्मी विष्णु गोपाल श्रेष्ठलाई सङ्घको मानार्थ सदस्यता प्रदान गरिएको थियो ।











