Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

झरना भन्छिन्– एक भगवत् गीता’ समाजबाट स्याबासी पाउन बनाएको हो

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • ३ वर्ष अगाडि

काठमाडौँ । निर्देशक झरना थापाले फिल्म ‘एक भगवत् गीता’ समाजबाट स्याबासी पाउन आफूले निर्माण गरेको बताएकी छन् । आफ्नो अगाडिका फिल्मको उद्देश्य व्यवसाय रहेपनि अहिलेको फिल्मको पहिलो उद्देश्य समाजलाई सन्देश दिने रहेको उनको भनाई छ ।

‘ए मेरो हजुर २’बाट निर्देशनमा होमिएकी झरनाले यसको तीन सिक्वेल हिट दिइसकेकी छन् । अहिलेको फिल्म पनि हिट दिनुपर्छ भन्ने प्रेसर त छ उनलाई । तर पहिले जस्तो उनमा फिल्म हिट बनाउनुपर्छ र मनोरञ्जन दिनुपर्छ भन्ने सोच छैन । उनी अहिले फिल्मले समाज परिवर्तन हुनुपर्छ र अन्तर्राष्ट्रिय क्षेत्रमा प्रतिनिधित्व गर्नुपर्छ भन्ने सोच राख्छिन् ।

मंगलबार राजधानीमा आयोजित एक कार्यक्रममा झरनाले यो पटकको फिल्म आफ्नो लागि विशेष भएको सुनाइन् । ‘फिल्म फरक कथामा फरक तरिकाले भनिएको छ । फिल्मले कर्मसियल भ्यालु त बोक्छ । अनावश्यक दृश्य र कमेडी छैन’ उनले भनिन् ।

अभिनेत्री सुहाना थापाले फिल्मबाट नेपालको अर्को समाज बुझ्ने मौका पाइएको बताइन् । ‘एक भगवत् गीता’ फिल्म जनकपुरको ट्रान्सजेन्डरको कथामा निर्माण भएको हो । त्यसका लागि उनले जनकपुरमा महिनौँ बसेर मैथिली सिकेकी छन् । स्कुल होस् वा कलेज अध्ययनको समय नेपाली र अंग्रेजी भाषा मात्र अध्यापन गरेकी उनले मैथिली भाषा सिक्दा हाम्रो भाषा र संस्कृतिबारे सिक्न जरुरी रहेको अनुभव भएको सुनाइन् ।

फिल्मको कथा पनि सुहानाले लेखेकी हुन् । आफूसँग परिचित एक पात्रको कथामा संस्कृतिलाई समेटेर फिल्म ‘एक भगवत् गीता’ बनेको उनले बताइन् । उनले भनिन्, ‘समय छिनछिनमा परिवर्तन भइरहेको हुन्छ । अब फिल्ममा हाम्रो कथा भन्नु जरुरी छ ।’ मनोरञ्जनका लागि विदेशका विभिन्न फिल्मबाट हामीले धेरै कुरो सिकेको बताएकी सुहानाले हामीले हाम्रो कल्चरलाई फिल्म मार्फत विश्वमा प्रस्तुत गर्दै सिकाउनु पर्ने धारणा पनि राखेकी छन् ।

कार्यक्रममा अभिनेता विपिन कार्कीले फिल्ममा ट्रान्सजेन्डर अभिनय अनुभव शेयर गरे । उनले पहिलो पटक ट्रान्सजेन्डर कमलामाईको चरित्र निर्वाह गर्न पाएकोमा आफू निकै खुसी रहेको सुनाए । फिल्ममा रहेको आफ्नो भूमिकाले टिजर, ट्रेलरदेखि पोस्टरसम्म चर्चा पाएकोले प्रदर्शनबाट पनि सकारात्मक प्रतिक्रिया पाउने उनको विश्वास छ ।

कार्यक्रममा निर्माता सुनिल कुमार थापाले फिल्मको कथा र निर्माणको हिसाबले आफू निकै सन्तुष्ट रहेको बताए । तीन करोड माथिको आफ्नो लगानी फिल्ममा रहेको बताएका थापाले फिल्मको पछिल्लो चर्चाले लगानीको चिन्ता हराएको सुनाए ।

फिल्म ‘एक भगवत् गीता’ २९ गतेबाट प्रदर्शनमा आउँदैछ । फिल्ममा विपिन र सुहानको अलावा धिरज मगर, कबीर खड्का, जेविस र जेविन श्रेष्ठ, संजोग रसाइली, मुकेश झा, अनुराग कुँवर, राम कैलाश ठाकुर, धिरज ठाकुर लगायतको अभिनय छ ।

सुनिल कुमार थापाको निर्माण रहेको फिल्म सुहाना इन्टरटेनमेन्ट र सुनिल कुमार थापा प्रोडक्सनको व्यानरमा निर्माण भएको हो । फिल्मको वितरण उपत्यकामा गोविन्द शाहीको काफिया फिल्मस् र काठमाडौँ बाहिर केदार पराजुलीको श्री कृष्ण फिल्मस्ले गर्दैछ ।

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
mamata_kulkarni

२५ वर्षपछि ग्ल्यामरको दुनियाँमा ममता कुलकर्णी

  • १० घण्टा अगाडि
iran-war

इरानको आक्रमणपछि तेलको मूल्य उच्च, विश्वभरका शेयर...

  • १० घण्टा अगाडि
rabi-lamichhane

एमाले अध्यक्ष ओलीका पिताप्रति रास्वपा सभापति लामिछानेले...

  • १० घण्टा अगाडि
FB_IMG_1772900061238

नवलपुर-१ मा ३४ वर्षपछि ढल्यो कांग्रेसको विरासत,...

  • ४ दिन अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved