Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

रोमाञ्चक खेलमा अफगानिस्तानलाई हराउँदै ‘सुपर फोर’ मा पुग्यो श्रीलंका

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • २ वर्ष अगाडि

काठमाडौँ । एसिया कप क्रिकेट प्रतियोगिताको मंगलबार खेलिएको महत्वपूर्ण खेलमा श्रीलंकाले अफगानिस्तानलाई दुई रनले हराएको छ । उक्त नतिजासँगै समूह ‘बी’ बाट श्रीलंका र बंगलादेश प्रतियोगिताको ‘सुपर फोर’ चरणमा पुग्न सफल भएका छन् । अफगानिस्तान भने समूहगत चरणबाट घर फर्किएको छ ।

यसअघि समूह ‘ए’ बाट आयोजक पाकिस्तान र भारत प्रतियोगिताको ‘सुपर फोर’ चरणमा पुगेका थिए । पहिलो पटक एसिया कपमा सहभागिता जनाएको नेपाल भने समूहगत चरणबाटै बाहिरिएको थियो । समूह ‘ए’ को अधिकांश खेल वर्षाबाट प्रभावित भएको थियो ।

टस जिती पहिलो ब्याटिङ रोजेको श्रीलंकाले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर दुई सय ९१ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको अफगानिस्तानले भने ३७.४ ओभरमा अलआउट हुनुअघि दुई सय ८९ रनमात्र बनाउन सक्यो ।

श्रीलंका आफै यो एसिया कपको सह—आयोजक भए पनि मंगलबारको खेल भने पाकिस्तानको लाहोरमा खेलिएको थियो । अफगानिस्तानले पालीको खराब सुरुआत गरेको थियो । अफगानिस्ताका माथिल्ला दुई ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

जबकी प्रतियोगिताको ‘सुपर फोर’ चरणमा पुग्न अफगानिस्तानले ३७.१ ओभरभित्र श्रीलंकाले दिएको विजयलक्ष्य पुरा गर्नुपर्ने थियो । ३७.१ ओभरभित्र विजयलक्ष्य पुरा गरेको भए अफगानिस्तान ‘सुपर फोर’ चरणमा पुग्थ्यो । यस्तो अवस्थामा श्रीलंका उपाधि होडबाट बाहिरिने थियो ।

त्यसैले अफगानिस्तानका प्रत्येक ब्याट्सम्यान आक्रामक रुपमा प्रस्तुत भएका थिए । तेस्रो नम्बरका ब्याट्सम्यान गुलबदिन नाइब पनि २२ रन बनाउँदै पेभेलियन फर्किए । आक्रामक रुपमा ब्याटिङ गरेका उनले केवल १६ बलमा चार चौका पनि हिर्काए । त्यसपछि चौथो नम्बरका ब्याट्सम्यान रहमत शाहले ४० बलमा एक छक्का र पाँच चौकाको मद्दतले ४५ रन बनाए ।

पाँचौं नम्बरमा क्रिज समाल्न आएका कप्तान हस्मतुल्लाह साहिदीले ५९ रन बनाए । उनले ६६ बलको सामना गरी एक छक्का र तीन चौका पनि हिर्काए । छैटौं नम्बरका ब्याट्सम्यान मोहम्मद नाबीले आक्रामक पाली खेल्दै केवल ३२ बलमा पाँच छक्का र ६ चौकाको मद्दतले ६५ रनको योगदान गरे ।

यसैगरी सातौं नम्बरका ब्याट्सम्यान करिम जानतले १३ बलमा दुई छक्का र एक चौकाको मद्दतले २२ रन बनाए । आठौं नम्बरका ब्याट्सम्यान नाजिबुल्लाह जदरानले १५ बलमा दुई छक्का र एक चौकाको मद्दतले २३ रन बनाए ।

त्यसैपछि नवौं नम्बरमा क्रिज समाल्न आएका रसिद खानले केवल १६ बलमा एक छक्का र चार चौकाको मद्दतले अविजित २७ रन बनाए । तर, उनीपछि क्रिज समाल्न आएका ब्याट्सम्यान एकपछि अर्को गर्दै पेभेलियन फर्किएपछि अफगानिस्तान निराश बन्न पुग्यो । अफगानिस्तानलाई अन्तिम एक बलमा तीन रन चाहिएको थियो । तर, मजिब उर रहमान र फजालहक फारुकी शून्य रनमै लगातार पेभेलियन फर्किए ।

अन्तिम दुई विकेट श्रीलंकाली बलर धनन्जय डा शिल्भाले लिएका थिए । कशुन रजिथाले श्रीलंकाका लागि चार विकेट लिएका थिए । दुनिथ वेलालागेले पनि दुई विकेट हात पारे । माथिशा पाथिराना र महिशा थिकशनाले एक—एक विकेट हात पारे ।

त्यसअघि टस जिती पहिले ब्याटिङ गरेको श्रीलंकाका लागि विकेटकिपर ब्याट्सम्यान कुशल मेन्डिसले ९२ रनको योगदान गरेका थिए । उनले केवल ८४ बलको सामना गरी तीन छक्का र ६ वटा चौका पनि हिर्काएका थिए ।

श्रीलंकाका लागि ओपनर ब्याट्सम्यान पाथुम निशानका र दिमुथ करुणारत्नेले ६३ रनको साझेदारी गरेका थिए । पाथुम निशानकाले ४१ रन बनाए । उनले ४० बलको सामना गरी ६ चौका प्रहार गरे । अर्का ओपनर करुणारन्तेले ३५ बलको सामना गरी ६ चौकाको मद्दतले ३२ रन बटुले ।

पाँचौं नम्बरमा क्रिज समाल्न आएका चरिथ असालन्काले पनि टोलीको खातामा ३६ रन थपे । उनले ४३ बलमा एक छक्का र दुई चौका पनि हिर्काएका थिए । दुनिथ वेलालागे ३३ रनमा अविजित रहे । उनले ३९ बलमा एक छक्का र तीन चौका हिर्काए ।

महिश थिक्सनाले पेभेलियन फर्किनुअघि टोलीको खातामा २८ रन थपे । उनले २४ बलको सामना गरी एक छक्का र दुई चौका पनि हिर्काएका थिए । श्रीलंकाले अतिरिक्त रुपमा सात रन पाएको थियो । अफगानिस्तानका बलर गुलबदिन नाइबले चार विकेट लिए । रसिद खानले पनि दुई विकेट हात पारे । मजिब उर रहमानले एक विकेट लिए ।

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
y_t4IhGjxkTQ

एमाले केन्द्रीय सदस्यमा इन्ट्री हुँदैछन् यी युवा...

  • २ दिन अगाडि
balen1

बालेनले ल्याए ‘आम नेपाली बुवा’, हेर्नूस ‘झरीपछिको...

  • २ दिन अगाडि
Mugu-1-1024x576

धुनी तापेर पढ्दै विद्यार्थी

  • २ दिन अगाडि
KP-Sharma-Oli-UML-Meeting-1024x682

एमाले केन्द्रीय कमिटी बैठक सुरु

  • ३ दिन अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved