Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

एकल सांगीतिक साँझमा सुनिए नारायण रायमाझी

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • २ वर्ष अगाडि

काठमाडौं । संगीतकार तथा गायक नारायण रायमाझीले पहिलोपटक एकल प्रस्तुति दिएका छन् । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको आयोजनामा शुक्रबार प्रज्ञा प्रतिष्ठानमा ‘नारायण रायमाझी सांगीतिक साँझ २०८०’ सम्पन्न भयो ।

जहाँ उनले आफ्ना हिट र कालजयी गीत प्रस्तुत गरे । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको प्रमुख आतिथ्यता रहेको समारोहमा रायमाझीलाई सुन्न संगीत र चलचित्रका ठूला हस्तीहरु प्रेक्षालयमा उपस्थित थिए ।

 

एकल साँझमा रायमाझीले आफ्ना चर्चित गीतहरु सम्झी रेलिमै, फुलबुट्टे चोलीमा, राम्दीपुल तर्ने बित्तिकै, गेटमा बेली जाई, कालो केशमा रातो रिबन, पसिनाले पैसा साटेर, माया पैँचो नदेऊ साइँली, लाइछौ बेसन, नमुछे आमा दहीमा टीका, हाँसेर बोलीदेऊ माया, सान्नानीले झुक्कायो मलाई लगायत प्रस्तुत गरे ।

 

समारोहमा गीति नाटक, नृत्य, चर्चित कलाकारहरुद्धारा सांगीतिक प्रस्तुती दिनुका साथै कात्तिक ३ गते प्रदर्शन हुने रायमाझी निर्देशित फिल्म ‘परदेशी २’को पनि प्रचार थालनीबारे जानकारी गराइयो ।

कलाकारहरु शर्मिला गुरुङ, लक्ष्मी न्यौपाने, कुलेन्द्र विश्वकर्मा, राधिका हमाल, राजु गुरुङ, कृष्ण रेउले, टीका पुन, विक्रम परियार, कुशल बेलबासे, चेतन गोतामे, कमला पोखरेल, दीपिका बयम्भु, प्रकाश दूतराज, रचना रिमाल, सुप्रिम मल्ल, पूजा देवकोटा लगायतले प्रस्तुतिमा रायमाझीलाई साथ दिए ।

समारोहमा प्रतिष्ठानका संस्थापक अध्यक्ष अम्मर बिरही गुरुङ, पूर्व अध्यक्षहरु प्रजापति पराजुली, दुर्गा रायमाझी, पुरुषोत्तम न्यौपाने, चन्द्र शर्मा, बद्री पंगेनी, रमेश बिजी, एमाले नेता प्रदीप ज्ञवाली, निर्देशक तथा फिल्म अभिनेता नीर शाह, गायक बमबहादुर कार्की, गीतकार कृष्णहरि बराल, कलाकारहरु मदनदास श्रेष्ठ, सन्तोष पन्त, केकी अधिकारी, वर्षा सिवाकोटी लगायतको उपस्थिती थियो । हलभित्र नअटाएका दर्शकले बाहिर डिस्प्लेमा कार्यक्रमलाई नियालेका थिए ।

 

सूर्यबहादुर र कृष्णकुमारीको दोस्रो सन्तानका रुपमा २०२० सालमा पाल्पाको झडेवामा नारायण जन्मिएका थिए । रायमाझी निर्देशित फिल्महरु गार्खा पल्टन र परदेशीले चर्चा बटुल्न सफल भएका थिए भने ‘परदेशी २’ दशैंमा प्रदर्शन हुँदैछ ।

समारोहको संचालन शिरिष देबकोटाले गरेका थिए भने सांगीतिक साँझमा रमेश बिजी, पुरुषोत्तम न्यौपाने, दुर्गा रायमाझी, प्रकाश सपुत लगायतका कलाकारले सहजीकरण गरेका थिए । सभापतित्व प्रतिष्ठानकी अध्यक्ष रीता थापा मगरले गरेकी थिइन् । एकल साँझको प्रायोजकमा नेपाल टेलिकम थियो ।

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
sunil-thapa

रहेनन् वरिष्ठ अभिनेता सुनिल थापा, ६८ वर्षको...

  • ६ घण्टा अगाडि
nirbachan (3)

प्रतिनिधिसभा निर्वाचनमा आयोगले ९ प्रकारका सामग्री पठाउने

  • ६ घण्टा अगाडि
nepali-cricket-mumbai

बलियो इंग्ल्यान्डविरुद्ध पहिलो खेल खेल्दै नेपाल

  • ६ घण्टा अगाडि
sena-1 (1)

नवलपुरमा ११ वटा निर्वाचन स्थललाई अति संवेदनशील

  • ६ घण्टा अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved