Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

गदर–२ को नजर ५ सय करोड क्लबतर्फ

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • ३ वर्ष अगाडि

मुम्बई । गदर–२ ले अब ५०० करोड क्लबमा आफ्नो नजर राखेको छ । फिल्मको कुल कलेक्सन ४८२.४५ करोड भारतीय रुपैयाँ पुगेको छ । फिल्मले बिहीबार ८.१० करोड कमाएको छ । चलचित्र रिलिज भएको तीन साता बितिसक्दा पनि कमाईमा कमी आएको छैन ।

अर्कोतर्फ आयुष्मान खुरानाको फिल्म ड्रीम गर्ल–२ को कमाई पनि राम्रो छ । बिहीबार फिल्मले ७.५० करोड कमाएको थियो । यस हिसाबले फिल्मले पहिलो साता ६७ करोड कमाएको छ ।

५०० करोड क्लबतर्फ गदर–२

तेस्रो हप्तामा पनि गदर–२ ले राम्रो काम गरेको छ । तेस्रो हप्तामा फिल्मले ६३.३५ करोड कमाएको छ । आजबाट सप्ताहन्त पनि सुरु भएको छ । आइतबारसम्म फिल्मले ५ सय करोडको आँकडा पार गर्न सक्छ ।

गदर–२ को कमाइ देखेर सबै छक्क परेका छन् । फिल्मले करिब ५ सय करोडको आँकडा पुग्ने अनुमान कसैलाई पनि थिएन । चलचित्रको कमाई पहिलो हप्ता २८४.६३ करोड, दोस्रो हप्ता १३४.४७ करोड र तेस्रो हप्ता ६३.३५ करोड रहेको छ ।

गदर–२ सँग अब अझै एक साता बाँकी छ किनभने शाहरुख खानको फिल्म जवान सेप्टेम्बर ७ मा रिलिज हुँदैछ । यो एक साताको कमाईले फिल्मको लाइफटाइम व्यापार निर्धारण गर्नेछ ।

बाहुबलीको कीर्तिमान भेटाउन अझै ३० करोड कमाउनुपर्ने

गदर–२ ले समग्रमा ५१० करोड रुपैयाँभन्दा बढी संकलन गर्न सक्ने केही व्यापार विज्ञको अनुमान छ । यस्तो भयो भने फिल्मले बाहुबली–२ (५१०.९९ करोड) को रेकर्ड तोड्ने छ । यद्यपि फिल्मले त्यहाँसम्म पुग्न ३० करोड बढी कमाउनुपर्ने हुन्छ । योसँगै पठानको कीर्तिमानमा पुग्न करिब ६० करोड कमाउनुपर्नेछ ।

विशेष कुरा के छ भने गदर–२ पठान र बाहुबलीभन्दा कम स्क्रिनमा रिलिज भएको थियो । एकै समयमा ओएमजी–२ सँग भिडन्त भएको थियो। यदि फिल्म एकल रिलिज हुन्थ्यो भने पठानको रेकर्ड अहिलेसम्म तोडिसकेको हुन्थ्यो ।

विश्वव्यापी रूपमा ६३१ करोडभन्दा बढी सङ्कलन

गदर–२ ले विदेशमा पनि राम्रो व्यापार गरिरहेको छ । इन्डस्ट्री ट्र्याकर स्याकनिल्कका अनुसार फिल्मले विश्वभर ६३१.८० करोड भारुभन्दा बढी कमाई गरेको छ। फिल्मले अष्ट्रेलिया, जर्मनी, अमेरिका, बेलायतलगायत देशमा राम्रो कमाइ गरिरहेको छ ।

ड्रीम गर्ल २ को कमाई

जवान रिलिज भएपछि ड्रीम गर्ल २ ले पनि घाटा बेहोर्नु पर्नेछ । फिल्मले हालसम्म ६७ करोड कमाइसकेको छ । यसको लाइफटाइम कलेक्सन ९० देखि ९५ करोड सम्म हुन सक्ने बताइएको छ ।

फिल्मको बजेट ३५ करोड रहेको छ । त्यस अनुसार फिल्मले हिटको संज्ञा पाउन सक्छ। आयुष्मान खुरानाका पछिल्ला केही फिल्मको रेकर्ड हेर्दा ड्रीम गर्ल–२ ले राम्रो प्रदर्शन गरेको छ ।

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
mamata_kulkarni

२५ वर्षपछि ग्ल्यामरको दुनियाँमा ममता कुलकर्णी

  • १० घण्टा अगाडि
iran-war

इरानको आक्रमणपछि तेलको मूल्य उच्च, विश्वभरका शेयर...

  • १० घण्टा अगाडि
rabi-lamichhane

एमाले अध्यक्ष ओलीका पिताप्रति रास्वपा सभापति लामिछानेले...

  • १० घण्टा अगाडि
FB_IMG_1772900061238

नवलपुर-१ मा ३४ वर्षपछि ढल्यो कांग्रेसको विरासत,...

  • ४ दिन अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved