Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

‘जुलेबी’को भूमिका निर्वाह गर्नु अहिलेसम्मकै गाह्रो काम : सुरक्षा पन्त

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • ३ वर्ष अगाडि

काठमाडौं । अभिनेत्री सुरक्षा पन्तको शीर्ष भूमिका रहेको फिल्म ‘जुलेबी’ शुक्रबारदेखि देशभरका हलमा प्रदर्शनमा आउँदैछ । गणेशदेव पाण्डेको लेखन तथा निर्देशनमा बनेको यो फिल्ममा सुरक्षाले यौनकर्मी पात्रको भूमिका निर्वाह गरेकी छन्, जसको कथा रत्नपार्कसँग जोडिएको छ ।

काठमाडौंमा आयोजित कार्यक्रममा सुरक्षाले ‘जुलेबी’मा आफूले निर्वाह गरेको चरित्र अहिलेसम्मकै गाह्रो लागेको बताएकी छन् । ‘यो पात्रको तयारीका लागि यौनकर्मी महिलासँगै बसेर कुरा गर्दा पनि उनीहरु हच्किने डर रहन्थ्यो । उनीहरु खुलेर कुरा गर्ने सम्भावना कम रहन्थ्यो,’ उनले भनिन्, ‘त्यसका लागि केही पूर्व तयारी गर्नु पर्ने थियो, वास्तविक पात्र हेर्न रत्नपार्क पुगें । तर त्यसरी जाँदा पात्रसँग भेट्न पाइनँ । फिल्मकै सदस्यमार्फत एक जना यौनकर्मी महिलासँग भेट गर्ने अवसर मिल्यो ।’

 

सुरक्षाले अगाडि भनिन्, ‘उहाँले एउटा कलाकारका रुपमा मलाई चिन्नु हुँदोरहेछ । तपाईंको फिल्म हेरिरहेको हुन्छु भन्नुभयो । भेट्दाखेरि नै खुसी हुनुभयो । उहाँलाई विश्वास लाग्यो होला सायद, धेरै कुराहरु मज्जाले सेयर गर्नुभयो । त्यसले मलाई पात्रको तयारीका लागि धेरै सहज भयो ।’

एउटै पात्रलाई नियालेर बस्नुपर्दा बडिल्याङवेजका लागि भने सुरक्षालाई गाह्रो लाग्यो । यद्यपि, अन्य यौनकर्मी महिलासँग कुरा गर्ने अवसर नपाए पनि उनीहरुको ‘बडिल्याङवेज’ नियालेर काम गरेको उनले सुनाइन् ।

‘मेरो पात्र हेर्दाखेरि एउटै क्यारेक्टरजस्तो नदेखिएको राम्रो । कोही पनि व्यक्तिलाई इंगित गरेको जस्तो नदेखिएको राम्रो । यो को हो, को हो ? भनेको जस्तो देखिनु अझ राम्रो हो । त्यसले संवेदनशीलता मेन्टेन गर्छ,’ सुरक्षाले भनिन्, ‘मैले सबैबाट अलिअलि बडिल्याङवेज लिएकी हुँ । यो केटी अलिकति हावा पनि छ । सिरियस पनि छ । उडाइदिई पनि रहेको हुन्छ । घरिघरि राम्री पनि देखिइरहेको छ । घरीघरी कस्तो नराम्रो देखिइरहेको छ । त्यसरी सबै फ्युजन गरेर तयार गरेको हो ।’

गणेशदेव पाण्डेले निर्देशन गरेको ‘जुलेबी’लाई सेन्सर बोर्डले एडल्ट सर्टिफिकेट दिएको छ । फिल्मकी निर्माता आभा शर्मा नेपाल हुन् भने कार्यकारी निर्माता नवीन भट्ट हुन् । फिल्ममा सुरक्षाका साथै उषा रजक, निशा अधिकारी, सुशील सिटौला, पुष्कर कार्की, तुफान थापा, मोनिका थापालगायत कलाकारले अभिनय गरेका छन् ।

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
mamata_kulkarni

२५ वर्षपछि ग्ल्यामरको दुनियाँमा ममता कुलकर्णी

  • ११ घण्टा अगाडि
iran-war

इरानको आक्रमणपछि तेलको मूल्य उच्च, विश्वभरका शेयर...

  • ११ घण्टा अगाडि
rabi-lamichhane

एमाले अध्यक्ष ओलीका पिताप्रति रास्वपा सभापति लामिछानेले...

  • ११ घण्टा अगाडि
FB_IMG_1772900061238

नवलपुर-१ मा ३४ वर्षपछि ढल्यो कांग्रेसको विरासत,...

  • ४ दिन अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved