Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

कानुन उल्लंघन भए पनि रोनाल्डोलाई छुट !

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • २ वर्ष अगाडि

काठमाडौँ । पोर्चुगिज फुटबल स्टर क्रिस्टियानो रोनाल्डो हाल साउदी अरेबियाको घरेलु लिगमा ब्यवसायीक फुटबल खेल्छन् । ३८ वर्षीय स्ट्राइकर रोनाल्डो इङ्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडबाट साउदी क्लब अल—नासरमा आबद्ध भएका हुन् ।

अल—नासरले रोनाल्डोका लागि कीर्तिमानी रकम खर्च गरेको थियो । रोनाल्डोले हालसम्म विवाह गरेका छैनन् । उनी लामो समयदेखि आफ्नी प्रेमीकासँग बस्छन् । अर्जेन्टिनामा जन्मिएकी स्पेनिस सुपर मोडेल जर्जिना रोड्रिग्वेज रोनाल्डोकी प्रेमिका हुन् ।

विवाहअघि नै रोनाल्डो र जर्जिनाले सन्तान पनि जन्माइसकेका छन् । साउदीमा पनि रोनाल्डो र जर्जिना सँगसँगै बस्छन् । तर, साउदी अरेबियामा एउटा कानुन छ । उक्त कानुनले विवाह नगरी महिला र पुरुषलाई एकसाथ बस्ने अनुमति दिँदैन ।

विवाह नगरी महिला र पुरुष एकसाथ बसेमा त्यसलाई दण्डनीय अपराध मानिन्छ । तर, साउदी सरकारले रोनाल्डो र जर्जिनालाई भने यस विषयमा छुट दिएको छ । अर्थात रोनाल्डो र जर्जिना विवाह नगरी सँगै बस्दा पनि साउदी सरकारले यसतर्फ आँखा चिम्लिएको छ । समकालीन विश्व फुटबलका महान् खेलाडी रोनाल्डोले साउदी क्लब अल—नासरसँग दुई वर्ष ६ महिनाका लागि सम्झौता गरेका छन् । अल—नासरले यी स्टार स्ट्राइकरका लागि २० करोड युरो खर्चिएको थियो ।

रोनाल्डो ब्यवसायीक फुटबल खेल्न साउदी अरेबिया पुग्दा उनले आफ्नी प्रेमिकालाई पनि सँगै लगेका थिए । त्यसपछि धेरैको मनमा लागेको थियो, के साउदी सरकारले विवाह नगरी यी दुबैलाई एकसाथ बस्ने अनुमति देला त ? तर, धेरैको अनुमान विपरीत लामो समय बितिसक्दा पनि साउदी सरकारले यसतर्फ कुनै वास्ता गरेको छैन । साउदी कानुनका एक विज्ञ भन्छन्, ‘कानुनी रुपमा यो वर्जित कार्य हो । तर, रोनाल्डोको विषयमा साउदी सरकारले आँखा चिम्लने नीति लिएको छ ।’

यसको विपरीत साउदी क्लबले रोनाल्डो, उनकी प्रेमिका जर्जिया र बच्चाहरूको आवासका लागि भव्य सुविधा उपलब्ध गराएको छ । स्पेनिस सञ्चारमाध्यम ईएफईका अनुसार, साउदी सरकारले यी महान् खेलाडीलाई कानुनी कारबाही गर्ने कुनै सम्भावना छैन ।

‘उनी महान् खेलाडी हुन् । त्यसमाथि उनी विदेशी नागरिक हुन् । त्यसैले पनि साउदी सरकारले उनलाई कारबाही गर्ने सम्भावना देखिँदैन । तर, सरकारले चाहेमा उनलाई कारबाही गर्ने सम्भावना भने रहन्छ,’ स्पेनिस सञ्चारमाध्यमले भनेको छ ।

साउदीमा रोनाल्डो र जर्जिया सँगै बसे पनि उनीहरुले साउदी अरेबियाको संस्कृति र परम्पराको सम्मान गरेको दाबी पनि उक्त सञ्चारमाध्यमले गरेको छ । जर्जियाले साउदी अरेबियामा रहँदा त्यहाँको पोशाक सम्बन्धी नियमलाई पनि पूणर्रुपमा पालन गरेको समाचारमा जनाइएको छ ।

साउदी अरेबियामा महिलाले सार्वजनिक स्थलमा हिँड्दा हातको पाखुराभन्दा तलसम्म र खुट्टाको घुँडाभन्दा तलसम्म ढाक्ने गरी पोशाक लगाउनुपर्ने नियम छ ।

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
y_t4IhGjxkTQ

एमाले केन्द्रीय सदस्यमा इन्ट्री हुँदैछन् यी युवा...

  • १ दिन अगाडि
balen1

बालेनले ल्याए ‘आम नेपाली बुवा’, हेर्नूस ‘झरीपछिको...

  • १ दिन अगाडि
Mugu-1-1024x576

धुनी तापेर पढ्दै विद्यार्थी

  • १ दिन अगाडि
KP-Sharma-Oli-UML-Meeting-1024x682

एमाले केन्द्रीय कमिटी बैठक सुरु

  • २ दिन अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved