Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

नेपाली फिल्मले विदेशीसँग प्रतिस्पर्धा गर्न सक्ने बनाउनुपर्छ : मन्त्री शर्मा

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • ३ वर्ष अगाडि

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपाली फिल्मलाई अन्तर्राष्ट्रिय बजारमा प्रतिष्पर्धा गर्नसक्ने बताएकी छन् । भुवन चैत्य बसुन्धरा फाउण्डेसनले आइतबार राजधानीमा आयोजना गरेको पुरस्कार प्रदान समारोहलाई सम्बोधन गर्दै मन्त्री शर्माले नेपाली फिल्मले विदेशीसँग प्रतिस्पर्धा गर्न सक्ने बताइन् ।

यसका लागि सरकारको नीतिगत सहयोग हुने र निर्माताले पनि गुणस्तरमा ध्यान दिनुपर्ने बताइन् । डिजिटल युगमा विभिन्न देशका अभ्यासबाट सिकेर गुणस्तरीय फिल्म बनाउनेतर्फ ध्यान दिन पनि मन्त्री शर्माले आग्रह गरिन् ।

 

चलचित्र क्षेत्रको विकास र यसमा जीवन अर्पण गर्ने स्रष्टाको सम्मानमा सरकार प्रतिबद्ध रहेको उनले बताइन् । हिजो पर्दाबाट सुरु भएको नेपाली फिल्म क्षेत्र आज डिजिटल युगमा प्रवेश गरे पनि नियम कानून पुरानै रहेकाले आवश्यक परिमार्जनको काम थालिएको पनि उनले जनाइन् ।

चलचित्र विकास बोर्डले तयार पारेको फिल्म ऐन परिमार्जनको मस्यौदा मन्त्रालयमा छलफल गरेर चाँडै मन्त्रिपरिषद्मा लैजाने प्रतिबद्धता उनले व्यक्त गरिन् ।

नेपाली चलचित्र क्षेत्रमा अभिनेत्रीहरु बसुन्धरा भुषाल, चैत्यदेवी र भुवन चन्दले दिएको योगदानको मन्त्री शर्माले प्रशंसा गरिन् । उनले भनिन्, ‘आज पनि छोरीलाई हरेक काममा छोरासरह जिम्मेवारी दिन आनाकानी गर्ने नेपाली समाजमा त्यतिबेला छोरीले चलचित्र क्षेत्रमा प्रवेश गर्दा कति कठिनाई खेप्नुप¥यो होला, आजको पुस्ताले कल्पना मात्र गर्न सक्छ । उहाँहरुले थालेको अभियान समाज रुपान्तरणमा ठूलो विद्रोह थियो, यसको नेपाली समाजले युगयुगसम्म मूल्यांकन गरिरहने छ ।’

कार्यक्रममा मन्त्री शर्माले भुवन चैत्य बसुन्धरा फाउण्डेशन पुरस्कार २०७९ र २०८० बाट विभिन्न कलाकर्मीलाई प्रदान गरेकी थिइन् ।

हरिश भुवन चन्द पुरस्कारबाट गीतकार यावद खरेल र नीर शाह, चैत्यदेवी सिंह पुरस्कारबाट संगीतकर्मी गणेश रसिक र अभिनेता शिव श्रेष्ठ, चेतनारायण बसुन्धरा भुसाल पुरस्कारबाट अभिनेत्री मिथिला शर्मा र शर्मिला मल्ललाई सम्मान प्रदान गरियो ।

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
mamata_kulkarni

२५ वर्षपछि ग्ल्यामरको दुनियाँमा ममता कुलकर्णी

  • २ दिन अगाडि
iran-war

इरानको आक्रमणपछि तेलको मूल्य उच्च, विश्वभरका शेयर...

  • २ दिन अगाडि
rabi-lamichhane

एमाले अध्यक्ष ओलीका पिताप्रति रास्वपा सभापति लामिछानेले...

  • २ दिन अगाडि
FB_IMG_1772900061238

नवलपुर-१ मा ३४ वर्षपछि ढल्यो कांग्रेसको विरासत,...

  • ५ दिन अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved