नबराज अधिकारी
नवलपुर । यतिबेला बजारमा तिजका गितहरु धमाधम सार्वजनिक भैरहेकै माहोलमा माईतिचेली नामक गितिकथा भाग (२) डि.के. म्युजिक प्रा.लिले बजारमा ल्याएको छ।


धिरज खत्रिकाे लयमा तयार भयकाे माईतिचेलि बाेलकाे गितकाे शब्द हुम गैरेले सृजना गरेका हुन । गितमा माईति र चेलिबिचकाे माया, माईतिले चेलिलाई चाडपर्वमा लिन नआउदाकाे पीडा ,भाई दिदि लिन जाँदै गर्दा जेल जान परेकाे दृश्य समाबेस गरिएको गायक खत्रिले बताए।



हुम गैरेकै निर्देशनमा तयार भयकाे भिडियाेमा
धिरज खत्रि,मेलिना ठकुरी,रस्मि भट्ट,सागर चौहान,रबिन थामि, लगाएत थुप्रै कलाकारहरुकाे ससक्त अभनय हेर्न सकिन्छ। काठमान्डौकाे बिभिन्न ठाँउमा छायाकंन गरियकाे भिडियोलाई लाेकेस वलिले छायांकन गरेका हुन।

पारिवारिक कथामा तयार पारियकाे गित माईति चेलिकाे भिडियो डि.के.म्युजिक प्रा लि ले बजारमा ल्याएकाे हाे।








