Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

अरुण थापा स्मृति साँंझ– २०८० : गुञ्जिए कालजयी गीतहरु

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • ३ वर्ष अगाडि

भक्तपुर । ‘साँझको जुनसँगै, आउँछौ तिमी भनेर,
टोलाइरहन्छु आकाशमा रातको तारा गनेर
सजाइरहन्छु, सपनाहरू, हृदयभरि उमङ्गिएर
तर तिमीले बिर्सिदियौँ चोखो मिलन, मायाका कथाहरु…….।’

अजरअमर कालजयी गीत गाउने बहुचर्चित गायक अरुण थापाको २४ औँ स्मृति दिवसका अवसरमा भक्तपुरको पलासेँस्थित काठमाडौँ फन भ्यालीमा सम्पन्न ‘अरुण थापा स्मृति साँंझ–२०८०’ मा स्व.अरुण थापाका चर्चित गीत नयाँ स्वरमा गुञ्जिँदा दर्शनदीर्घा नतमस्तक बन्यो ।

भक्तपुरलाई गीत, सङ्गीतको क्षेत्रमा अगाडि बढाउन स्थापना भएको रागरागिनी इन्टरटेन्मेन्ट प्रालिले स्व गायक थापाको २४औँ स्मृति दिवसका अवसरमा आयोजना गरेको स्मृति साँझमा थापाका ‘चोट के हो, व्यथा के हो, मजस्तो घाइतेलाई सोध, मिलन के हो खुसी के हो, मसँग कहिल्यै सोध्दै नसोध….।’ जस्ता कालजयी गीत गुञ्जिँदा गायक अरुण थापा आज पनि आफैँ उभिएर गीत गाइरहेका छन् भन्ने आभास भयो ।

कार्यक्रममा युवा गायक प्रनिल पलिखेलले गाएको यो गीतसँगै गायक अजर जङ्गमले ‘जति माया लाए पनि, जति कसम खाए पनि’ गायिका कल्पना श्रेष्ठले ‘यो मनको के भर हुन्छ’, गायिका सानुमाया धौभडेलले ‘आँखाको निद चोरी लाने’, गायक कपिल कसपालले ‘दुई दिनको जीवन’, गायिका रोजी श्रेष्ठ ‘भुँलुँभुलुँ लाग्यो मलाई’ बोलको गीत गाउँदै स्व.थापालाई सम्झिए ।

आधुनिक नेपाली सुगम सङ्गीतका थोरै गीत गाएर पनि अजरअमर बन्न सफल गायक स्व. थापालाई सम्झँदै गायक एञ्जेला श्रेष्ठ, दिनेश न्यौपाने, श्रेय अगस्ती, सुनिल लोहलालगायत उदयीमान गायक–गायिकाले स्व.थापाका चर्चित गीत गाउँदा समय गएको पत्तै भएन । त्यस अवसरमा वरिष्ठ गीतकार एवं साहित्यकार सुवाषचन्द्र ढुङ्गेलले गायक अरूण थापा स्मृति दिवस विगत १२ वर्ष अगाडिबाटै आफू र चलचित्र समीक्षक प्रकाश सायमीको पहलमा मनाउन थालिएको स्मरण गरे ।

गीतकार ढुङ्गेलले गायक थापासँग जोडिएको आफ्नो साङ्गीतिक यात्राको पनि स्मरण गर्दै यस वर्ष पनि गायक कपिल कसपालले स्व थापाको स्मृति दिवसमा कार्यक्रमको आयोजना गरेर गायक थापाको गीत–सङ्गीतको योगदानलाई जीवन्त राख्न प्रेरणा दिएको चर्चा गरे ।

कार्यक्रममा गीतकार, साहित्यकार जितेन्द्र रसिकले गायक अरूण थापाको जीवन र साङ्गीतिक योगदानको संक्षिप्त चर्चा गरेका थिए भने काठमाडौँ फन भ्यालीका डा.गोविन्द नेपालीले काठमाडौँ फन भ्यालीले हरेक दिनको सुरुआत गायक अरूण थापाका गीतहरू प्रस्तुत गरेर उनको साङ्गीतिक योगदानलाई स्रोतामाझ पस्किरहेको बताए ।

निःशुल्क प्रवेशको व्यवस्था गरिएको कार्यक्रममा नेपाली सुगम सङ्गीतलाई जीवन्त राखी नयाँ पुस्तामा गीत सङ्गीतलाई पुस्तान्तरण गर्नु कार्यक्रमको उद्देश्य रहेको रागरागिनी इन्टरटेन्मेन्टका अध्यक्ष एवं कार्यक्रम संयोजक तथा गायक कपिल कसपालले बताए ।

अरुण थापाका चर्चित गीतहरु

विसं २००९ मा जन्मिएका गायक थापाका सर्वोत्कृष्ट गीतमध्ये सन् २००३ मा बीबीसी विश्व सेवाले गरेको सर्वेक्षणमा उनको गीत ‘ऋतुहरूमा तिमी…..’ उत्कृष्ट सातौँमा परेपछि उनको चर्चा विश्वमै चुलियो ।

उनले जीवनको छोटो समयमा पनि अत्यधिक चर्चामा रहेका कालजयी गीत गाए । उनका ‘जति माया लाए पनि’, ‘साँझको जुनसँगै’, ‘भुँलुँभुलुँ लाग्यो मलाई’, ‘बितेका मेरा तीता मीठा’, ‘ऋतुहरूमा तिमी’, ‘दोष कसैलाई दिन चाहन्न’, ‘चोट के हो व्यथा के हो’, ‘अरुसँग नजोख मलाई’, ‘जिन्दगी के छ र आखिर’, ‘तिमी हेर्छौँ भने’, ‘न पोखिने न जोखिने’, ‘आँखाको निद खोसी लाने’, ‘यो मनको के भर हुन्छ’, ‘भुलेका कथा’, ‘जिन्दगीका यात्राहरु’, ‘लाग्न थाल्यो जीवनमा’, ‘नपोखिने नजोखिने’, ‘यो मनको के भर हुन्छ’जस्ता मुटु रेटेर गाएको आभास हुने कालजयी गीत छाडेर उनले नेपाली गीत–सङ्गीतलाई ठूलो गुण लगाएका छन् ।

विसं २०५६ साउन ५ गते काठमाडौँ बागबजारको कान्तिपुर गेस्टहाउसको एउटा कोठामा अन्तिम श्वास फेरेका गायक थापाले छोटो जीवनमा मगर भाषाको एउटा गीतसहित करिब ४४ वटा गीत गाएका छन् । उनले गाएको गीतको संगालो ‘अरुण’ र ‘बेस्ट अफ अरुण थापा’ नामक दुईवटा गीति एल्बम सार्वजनिक भएका छन् ।

‘अरुण थापा स्मृति प्रतिष्ठान’ले सहयोग सङ्कलन गरी निर्माण गरेको उनको सालिक २०६६ चैत २८ गते झम्सिखेलमा स्थापना गरेपछि भने यो ठाउँको नाम अरुण थापा चोकले नामकरण भएपछि आज पनि त्यही चोकमा उनको सालिक देख्न सकिन्छ ।

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
2-mantri

गौरीकुमारी यादव उद्योग र रामजी यादव श्रममन्त्री...

  • २१ घण्टा अगाडि

नेपाली चलचित्रका लागि २०८२ : दर्शक, व्यापार...

  • २१ घण्टा अगाडि
ramchandra-paudel

आर्थिक समृद्धिका लागि निजी क्षेत्रको भूमिका निर्णायक...

  • २१ घण्टा अगाडि
pahad-and-ramnam-satyals-fe-f-1775626040-1024x576

नयाँ वर्षमा ‘पहाड’ र ‘राम नाम सत्य’...

  • २ दिन अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved