Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

गण्डकीमा बजेट खर्चको लक्ष्य भेटाउनै मुस्किल

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • ३ वर्ष अगाडि

पोखरा । गण्डकी प्रदेश सरकारले गत आर्थिक वर्षमा विनियोजित गरेको रकमको ६६.०७ प्रतिशत रकम मात्र खर्च गरेको छ । जबकि प्रदेश सरकारले कुल बजेटको ८० प्रतिशत खर्च गर्ने लक्ष्य लिएको थियो ।

आर्थिक वर्ष २०७९/८० मा विनियोजन गरेको ३५ अर्ब ९० करोड ९० लाख बजेटमध्ये २३ अर्ब ७२ करोड ५४ लाख ९९ हजार ७३ रुपैयाँ बजेट मात्र सरकारले खर्च गर्न सकेको प्रदेश लेखा नियन्त्रण कार्यालयका अधिकृत चन्द्र शेखर सापकोटाले बताए ।

सरकारले पुँजीगततर्फ १५ अर्ब २६ करोड ८५ लाख ९१ हजार १ सय ७७ रुपैयाँ र चालूतर्फ ८ अर्ब ४५ करोड ६९ लाख ८ हजार ५ सय ५५ रुपैयाँ बजेट खर्च गरेको हो । जबकि सरकारले पुँजीगततर्फ २२ अर्ब ८५ करोड १८ लाख ५० हजार ७ सय ८९ बजेट विनियोजन गरेको थियो ।

यस्तै, चालूतर्फ १२ अर्ब ५५ करोड ७१ लाख ४९ हजार २ सय २ रुपैयाँ र वित्तीय व्यवस्थातर्फ ५० करोड रुपैयाँ बजेट विनियोजन गरिएको थियो ।

लक्ष्य अनुसारको बजेट खर्च नहुनुमा प्रदेश गौरवका आयोजना समयमा पूरा हुन नसकेको पनि एक हो । यस्तै, गत आर्थिक वर्षमा बजेट खर्च कम हुनु तीनै तहको निर्वाचन पनि भएको गण्डकी प्रदेश सरकारले जनाएको छ ।

संघीयता लागु भएसँगै पाँच वर्षको आँकडा हेर्दा यो ६ वर्षमा एक पटक ७३ प्रतिशत बजेट खर्च भएको देखिएको छ । आर्थिक वर्ष ०७७/७८ को बजेटले ८० प्रतिशत लक्ष्य राखेकोमा ७३ प्रतिशत पूरा गरेको थियो । आर्थिक वर्ष ०७५/७६ मा ५८.१०, ०७६/७८ मा ६३. ७१, ०७८/७९ मा ७०.७२ र ७९/८० मा ६६.०७ प्रतिशत बजेट खर्च भएको छ ।

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
iran-1

मध्यपूर्वको द्वन्द्व अन्त्यका लागि कूटनीति उपाय अपनाउन...

  • १५ घण्टा अगाडि
InShot_20260228_150120445-scaled

उम्मेदवार पाएर उत्साहित हुप्सेकोट, सय जना कांग्रेसमा...

  • १६ घण्टा अगाडि
namrata_sapkota

नम्रता सापकोटा विवाह बन्धनमा बाँधिएकी हुन् ?

  • ५ दिन अगाडि
congress

सहकारी ठगीविरुद्ध कांग्रेसको ‘शून्य सहनशीलता’ नीति

  • ५ दिन अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved