बिशाल मुभिज प्रा.लि.अनामनगर मार्फत बियोगान्त दोहोरी गीत बिन्ती सानु सार्वजनिक भएको छ । बिशाल फिल्मस् यु.टुव. च्यानल मार्फत सार्वजनिक गरीयको मार्मिक बियोगान्त गीतमा चर्चित गायक अनि सर्जक हुम गैरे र चर्चित गायिका जमुना राना मगरको स्वर रहेको छ ।


गायक गैरे कै लय,शब्द तथा निर्देशन रहेको गीतमा चर्चित मोडल धिरज खत्री,नवराज अधिकारी र झरना बि.शी.को जिबन्त अभिनय रहेको छ ।



त्रिकोणात्मक प्रेम कथामा आधारित गीत बिन्ती सानु लाई लोकेश वलीले खिचेका हुन् भने सुस्मिता राईले मेक अप गरेकी हुन् । बिशाल फिल्मस् यु.टुव. च्यानल मार्फत नेपाली गीत संगीतको बजारमा सार्वजनिक भएको बियोगान्त दोहोरी गीत बिन्ती सानुलाई सफल्ताको शुभकामना ।









