Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

‘गोर्खा वारियर’को प्रिमियर लन्डनको ‘आईम्याक्स सिनेवल्र्ड’मा हुने

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • ३ वर्ष अगाडि

काठमाडौँ । फिल्म ‘गोर्खा वारियर’को प्रिमियर बेलायतको हुने भएको छ । निर्माण युनिटले मंगलबार राजधानीमा आयोजित एक कार्यक्रममा फिल्म सेप्टेम्बर १० मा लन्डनको ‘आईम्याक्स सिनेवल्र्ड’मा प्रिमिएर गरिने जानकारी दिएको हो ।

प्रिमियरमा दुई हजार दर्शकलाई ‘गोर्खा वारियर’ देखाईने फिल्मका निर्माता एवं निर्देशक मिलन चाम्सले बताए । ‘नेपाली फिल्मलाई विश्वब्यापी बजारमा पु¥याउने नेपालीहरुले देखेको सपनालाई ‘गोर्खा वारियर’ मार्फत साकार हँुदैछ’ चाम्सले भने ।

चाम्सका अनुसार फिल्मको प्रिमियरमा हलिउडका विभिन्न सेलिब्रेटीहरु, हलिउडकै फिल्म डिस्ट्रिब्युटरहरुसँगै बेलायतका राजपरिवार, सांसदहरु, स्थानीय निकाय प्रमुखहरु, बेलायती सैनिकका जनरल, बृटिस गुर्खा सैनिकका विभिन्न ओहदाका अफिसरहरु, बेलायतमा रहेको नेपाली राजदुतावास, काउन्सिलका पदाधिकारीहरु, विभिन्न सरकारी र गैर सरकारी संघसंस्था एवम् निकायका उच्च ओहदाका व्यक्तित्वहरुलाई निमन्त्रणा गरिएको छ । नेपालबाट नेपाल सरकारका विशिष्ट व्यक्तिहरुलाई पनि सो प्रिमियरमा लाने चाम्सको भनाई छ ।

हलिउडको ३०० मिलियन अमेरिकी डलरमा बनेका फिल्म पनि लिसेस्ट स्क्वायर लन्डनको ‘आईम्याक्स सिनेवल्र्ड’मा प्रिमियर हुन्छ ।

नेपाली चलचित्रलाई त्यहाँ प्रिमियर गर्न आफूले २० वर्षअघि देखेको सपना बल्ल पुरा हुन लागेको निर्देशक चाम्सले कार्यक्रममा बताए । उनले भने, ‘यो नेपाली चलचित्र उधोगकै लागि गौरवको कुरा हो । अर्को तर्फ अन्तर्राष्ट्रिय बजारमा नेपाली चलचित्रलाई पु¥याउनका लागि यो अन्तर्राष्ट्रिय स्तरकै उपयुक्त विषयबस्तु भएकाले पनि हामीले यो साहस गरेका हौं ।’

सन् १९४९ को ‘मलाया इमरजेन्सी जंगल वार’मा गोर्खाली सैनिकको साहसिक युद्धकथालाई यो फिल्ममा उतारिएको छ । गोर्खा वारियर नेपाली, अंग्रेजी र हिन्दी गरि तीन भाषामा रिलिज हुँदैछ । यो फिल्मलाई हलिउडको बितरक कम्पनीले विश्वव्यापी वितरण गर्दैछ । यसको हिन्दी र अंग्रेजी संस्करण पनि अन्तिम तयारी अवस्थामा छ ।

‘वार’ जनरामा निर्माण भएको यो फिल्ममा रितेश चाम्स, बिजय लामा, रेविका गुरुङ, रियर राई, शिशिर बाङ्देल, कविता आले, बिरूप घले, सारा राईलगायतका कलाकारको अभिनय छ ।

लन्डन सिनेआई प्रोडक्सनको प्रस्तुति र चाम्स इन्टरटेनमेन्टको सहकार्यमा निर्माण भएको यो फिल्मका निर्मातामा मिलन चाम्स, सुस्मिता वाइवा, सुमन राई छन् ।

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
mamata_kulkarni

२५ वर्षपछि ग्ल्यामरको दुनियाँमा ममता कुलकर्णी

  • २ दिन अगाडि
iran-war

इरानको आक्रमणपछि तेलको मूल्य उच्च, विश्वभरका शेयर...

  • २ दिन अगाडि
rabi-lamichhane

एमाले अध्यक्ष ओलीका पिताप्रति रास्वपा सभापति लामिछानेले...

  • २ दिन अगाडि
FB_IMG_1772900061238

नवलपुर-१ मा ३४ वर्षपछि ढल्यो कांग्रेसको विरासत,...

  • ६ दिन अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved