Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

‘पशुपतिप्रसाद २’ को छायांकन लम्बिंदा बढ्यो बजेट

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • ३ वर्ष अगाडि

काठमाडौं । फिल्म ‘पशुपतिप्रसाद २ : भष्मे डन’को छायांकन अझै एक महिना लम्बिने भएको छ । निर्देशक दीपेन्द्र के खनालले सिंक साउण्डमा काम गर्नुपर्ने भएकाले फिल्मको छायांकन अझै एक महिनाभन्दा बढी समय चल्ने बताए । छायांकन सुरु भएको बुधबार ३५ दिन नाघेको छ ।

छायांकन लम्बिएसँगै बजेटमा पनि भारी वृद्धि भएको छ । बजेट बढेर साढे तीन करोड पुग्ने प्रक्षेपण गरिएको निर्देशक खनालले बताए । ‘बजेट साढे तीन करोड आसपास पुग्ने देखियो । सिंक साउण्डमा मेहनत गर्नुपर्ने भएकाले सुटिङमा पनि ढिलो हुने देखियो,’ उनले भने, ‘पहिलोपटक नेपाली फिल्ममा पूरै फिल्मलाई सिंक साउण्ड तुल्याउन लागेका छौं ।’

 

दीपेन्द्रले ‘पशुपतिप्रसाद’को छायांकन ३५ दिनमा सकाउँदा ८७ लाख रुपैयाँ खर्च भएको थियो । यसपटक बजेट किन बढ्यो त ? ‘यसपटक लार्ज क्यानभासमा फिल्म खिच्दा स्वभाविक रुपमा बजेट त बढ्ने नै भयो, यसबाहेक ध्वनिमा पनि मेहनत गर्नुपरेको छ,’ उनी भन्छन् । यतिबेला सौगात मल्लको भागको छायांकन भइरहेको छ ।

फिल्मको शीर्ष भूमिकामा विपिन कार्की छन् भने स्वस्तिमा खड्का पनि महत्वपूर्ण भूमिकामा छिन् । आँचल शर्माले एक गीतमा अभिनय गरेकी छन्, जसको छायांकन भइसकेको छ । खगेन्द्र लामिछानेको निर्माण तथा लेखन रहेको फिल्मलाई आगामी दशैंमा प्रदर्शन गर्ने योजना छ ।

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
2-mantri

गौरीकुमारी यादव उद्योग र रामजी यादव श्रममन्त्री...

  • २ दिन अगाडि

नेपाली चलचित्रका लागि २०८२ : दर्शक, व्यापार...

  • २ दिन अगाडि
ramchandra-paudel

आर्थिक समृद्धिका लागि निजी क्षेत्रको भूमिका निर्णायक...

  • २ दिन अगाडि
pahad-and-ramnam-satyals-fe-f-1775626040-1024x576

नयाँ वर्षमा ‘पहाड’ र ‘राम नाम सत्य’...

  • ३ दिन अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved