Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

सुडानमा ७२ घण्टे युद्धविराम : विश्वका प्रमुख देशले आफ्ना नागरिकको उद्धार गर्दै

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • ३ वर्ष अगाडि

दुबई । ७२ घण्टे युद्धविरामको फाइदा उठाउँदै विश्वका प्रमुख देशले सुडानबाट आफ्ना नागरिकको युद्धस्तरमा उद्धार थालेका छन् । पूर्णरुपमा युद्धविरामको पालना नभएकाले त्रासका बीच उनीहरू आफ्ना नागरिकलाई स्वदेश फर्काउन वा अन्य सुरक्षित स्थानमा पु¥याउन लागिपरेका छन् ।

धेरै देशले आफ्ना राष्ट्रिय सेना परिचालन गरेर कूटनीतिक कर्मचारी र नागरिकलाई प्राथमिकताका साथ उद्धारको प्रयास अघि बढाएका छन् । फ्रान्सले जिबुटीमा आफ्नो एयरबेस बनाएर काम थालेको छ । यद्यपि उद्धार सहज भएको छैन ।

पेरिसले ३६ देशका चार सय ९१ नागरिकलाई उद्धार गरेको छ । फ्रान्सद्वारा उद्धार गरिएकामा अमेरिका र बेलायत र जर्मनीका कूटनीतिक कर्मचारी पनि छन् । बेलायतका करिब दुई हजार नागरिकले उद्धारका योजनाबारे आफूहरूले पर्याप्त सूचना र जानकारी नपाएको गुनासो गरेका छन् ।

अमेरिकाले खार्तुममा कार्यरत कूटनीतिज्ञ एवं तिनका परिवारका सदस्यलाई पहिलोचरणमा उद्धार गरेपनि झण्डै १६ हजार अमेरिकी नागरिकलाई एकैपटक उद्धार गर्न नसकिने बताएको छ । वासिङ्टनले सुडान छाड्न चाहने आफ्ना नागरिकलाई स्थलमार्गबाट सुरक्षित स्थानमा पु¥याउने योजना बनाएको र त्यसमा सहजकर्ताको भूमिका निर्वाह गर्ने घोषणा गरेको छ ।

संयुक्त अधिराज्यले साइप्रसको पूर्वी भूमध्यसागरीय टापुमा रहेको प्रमुख ब्रिटिस हवाई अड्डाबाट करिब एक हजार दुई सय सैनिक परिचालन गरेर ३० जना कूटनीतिज्ञ र उनीहरूका परिवारलाई खार्तुमको रणभूमिबाट सुरक्षित रुपमा उद्धार गरेको छ । अन्य नागरिकलाई पनि यथाशीघ्र उद्धार गरिने बेलायतका विदेशमन्त्रीले बताए ।

सङ्घीय गणतन्त्र जर्मनीले करिब चार सय जनालाई सुडानबाट जोर्डन पुर्‍याएको छ । उनीहरू त्यहाँबाट आफ्नो मुलुकतर्फ प्रस्थान गर्ने बताइएको छ । जर्मनीको उद्धार उडानबाट २७ जना अष्ट्रेलियाका नागरिक पनि छन् ।

क्यानडाका विदेशमन्त्री मेलानी जोलीले सुडानमा औपचारिक रूपमा दर्ता भएका एक हजार छ सय क्यानडालीलाई उद्धार गर्न समान विचारधारा भएका देशसँग छलफल भइरहेको बताइन् । क्यानडाले खार्तुमबाट कन्सुलरलगायत सबै सेवा बन्द गरेको छ ।

इटालीको वायुसेनाले आइतबार साँझ खार्तुम विमानस्थलबाट करिब दुई सय जनालाई जिबुटी पु¥याएको छ । इटालीले स्विस, विभिन्न युरोपेली देश र खार्तुमस्थित भ्याटिकनको दूतावासका कर्मचारीलाई उद्धार गरेको जनाएको छ । भारतले पनि उद्धारको प्रक्रिया प्रारम्भ गरेको बताएको छ ।

स्पेनले खार्तुमबाट ३४ जना आफ्ना नागरिक, अर्जेन्टिी, कोलम्बियाली, आइरिस, इटालेली, मेक्सिकन, पोर्चुगी र पोलिस गरी एक सय ७२ जनालाई उद्धार गरेर जिबुटी पु¥याएको बताएको छ । त्यसैगरी फ्रान्सको सहयोगमा स्वीडेन र डेनमार्कका तीन सय ८८ जना पनि जिबुटी पुगेका छन् ।

स्विटजरल्याण्ड, फिनल्याण्ड, पोल्याण्ड, नर्वे, नेदरल्याण्डस्, बुल्गेरिया, टर्की, ग्रीस, जापान, दक्षिण अफ्रिका, केन्या, प्यालेष्टाइन, दक्षिण कोरिया, जार्डन र इजिप्टलगायत दशले आफै र केहीले आफ्नो विकासका साझेदार मुलुकको सहयोगमा आफ्ना नागरिकलाई खार्तुमबाट उद्धार गरेका छन् ।

संयुक्त राज्य अमेरिकाको मध्यस्थतामा सुडानी सशस्त्र बल ९एसएएफ० र ¥यापिड सपोर्ट फोर्सेस (आएसएफ) सोमबार मध्यरातदेखि ७२ घण्टा युद्धविराम गर्न सहमत भएका हुन् । सङ्घर्षरत दुवै पक्षले युद्धविराम पालना गर्ने प्रतिबद्धता जनाएका भए पनि खार्तुमका विभिन्न भागमा गोलाबारुद्ध विष्फोटका आवाज बन्द भएका छैनन् ।

यही वैशाख २ गतेदेखि प्रारम्भ भएको द्वन्द्वमा चार सयभन्दा बढीको मृत्यु भइसकेको छ । जारी युद्धका कारण हजारौँ घाइते भएका छन् भने ठूलो सङ्ख्यामा विदेशीहरू पलायन भएका छन् । यसअघिका युद्धविरामका प्रयास असफल भएका थिए । राष्ट्रसङ्घीय निकायहरूले चार सय २७ जना मारिएका तथा तीन हजार सात सयभन्दा बढी घाइते भएका जनाएका छन् ।-(रासस/एपी)

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
Aaryan-Sigdel-768x470

म्युजिकल फिल्म बानीको टिजर

  • ६ घण्टा अगाडि
Yoga0

आज विश्व ध्यान दिवस

  • ६ घण्टा अगाडि
Kutumba-1766038151

कुटुम्बको ‘लाइभ म्युजिक’ कन्सर्ट काठमाडौंमा

  • २ दिन अगाडि
rabi-lamichhane-baa

रवि लामिछाने आज कारागार मुक्त हुने

  • २ दिन अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved