Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

सलमानको फिल्मको नेपालमा कमजोर ओपनिङ, ‘जारी’ नै दर्शकको प्राथमिकतामा

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • ३ वर्ष अगाडि

काठमाडौं । दयाहाङ राई स्टारर ‘जारी’ लगातार दोस्रो सप्ताहन्तमा समेत घरेलु बक्स अफिसको शीर्षस्थानमा देखिएको छ । अकुपेन्सीको आधारमा यो फिल्म शुक्रबार प्रदर्शनमा आएको सलमान खान स्टारर ‘किसी का भाइ किसी की जान’भन्दा माथि छ । जारीको दोस्रो शुक्रबारको अकुपेन्सी ७० प्रतिशत हाराहारीमा रहँदा ‘किसी का भाइ किसी की जान’को अकुपेन्सी ४० देखि ५० प्रतिशत हाराहारीमा छ ।

जुन सलमानको फिल्मका लागि नेपाली बजारमा कमजोर ओपनिङ हो । भारतीय बक्स अफिसमा १५ करोड भारुको ओपनिङ प्रक्षेपण भइरहँदा नेपालमा समेत यो हिन्दी फिल्मको ओपनिङ अपेक्षित नहुने देखिएको छ । एकातर्फ कमजोर प्रचारप्रसार र अर्कोतर्फ जारीको लहरले गर्दा सलमानको लागि नेपाली बक्स अफिस सकसपूर्ण देखिएको हो ।

 

‘अकुपेन्सी हेर्दा सलमानको फिल्मका लागि ओपनिङ कमजोर देखियो । ५० प्रतिशतभन्दा कम ओपनिङ अकुपेन्सी देखियो । बरु जारीको अकुपेन्सी उच्च देखिएको छ,’ आईएनआई सिनेमाजका निर्देशक सुरेन्द्र थापाले अनलाइनखबरसँग भने, ‘बलियो वर्ड अफ माउथ भएकाले दर्शकको प्राथमिकतामा यो साता पनि जारी नै देखियो ।’

प्रमुख मल्टिप्लेक्स चेन क्यूएफएक्समा पनि यही ट्रेन्ड देखिएको छ । यो हलले जारीलाई ५२ शो र सलमानको फिल्मलाई ४७ शो दिएको छ । जारीको पहिलो साताको भन्दा शो र अकुपेन्सीमा केही गिरावट आएपनि व्यापक मात्रामा गिरावट चाहिं आएको देखिंदैन । जसले गर्दा दर्शकको मुड यो साता पनि जारी नै प्राथमिकता हुनेमा देखिन्छ । सलमान खानको फिल्मको समीक्षा मिश्रित आएकाले यो फिल्मको बक्स अफिस भविष्य वर्ड अफ माउथ र विशुद्ध फ्यानमा निर्भर हुनेछ ।

 

अकुपेन्सी ओपनिङलाई आधार मान्दा शुक्रबार रिलिज भएको हलिउडको हरर फिल्म ‘एभिल डेड राइज’ तेस्रो स्थानमा छ । मुख्य मल्टिप्लेक्स चेनमा यो फिल्मको अकुपेन्सी २० देखि ३० प्रतिशत हाराहारीमा देखिएको छ । यो साता सलमानको फेमिली ड्रामा रिलिज हुँदा हरर जानराको अंग्रेजी फिल्म पनि दर्शकको रोजाइको विकल्पमा उपलब्ध छ ।

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
2-mantri

गौरीकुमारी यादव उद्योग र रामजी यादव श्रममन्त्री...

  • २ दिन अगाडि

नेपाली चलचित्रका लागि २०८२ : दर्शक, व्यापार...

  • २ दिन अगाडि
ramchandra-paudel

आर्थिक समृद्धिका लागि निजी क्षेत्रको भूमिका निर्णायक...

  • २ दिन अगाडि
pahad-and-ramnam-satyals-fe-f-1775626040-1024x576

नयाँ वर्षमा ‘पहाड’ र ‘राम नाम सत्य’...

  • ३ दिन अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved